Incident Reports

अस्पताल परिसरमै डक्टरलाई दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार [Updated]

2016-06-05

Sudurpashchim, Baitadi, Dasharathchanda, Ward 5

जिल्ला अस्पतालका प्रमुख डा. गुणराज अवस्थीमाथि कार्यालय परिसरमै अनुहारमा मोसो दलेर दुर्व्यवहार गरेको आरोपमा जेठ २३ गते आरोपित तीनै जनालाई प्रहरीले गिरफ्तार गरेको छ । पीडित अवस्थीलाई मोसो दलेको आरोपमा दशरथचन्द नपा-१ की पार्वती भुल, गङ्गा भुल र राधा भुललाई प्रहरीले जेठ २३ गते बेलुका गिरफ्तार गरी सार्वजनिक मुद्दा चलाएको जनाएको छ । दशरथचन्द नपा-१ की २८ वर्षीया हीरा भुललाई सुत्केरी व्यथा लागेको समयमा जिल्ला अस्पतालले एम्बुलेन्स उपलब्ध नगराएको भन्दै डा.अवस्थीमाथि दुर्व्यवहार गरिएको बताइएको छ । उनीमाथि दुर्व्यवहार भएपछि जेठ २४ गतेदेखि अस्पतालका कर्मचारीहरूले जिल्ला अस्पतालबाट उपलब्ध गराइने आपत्कालीन सेवा बाहेकका सबै सेवाहरू बन्द गरेका छन् । अहिले दुवै पक्ष आन्दोलनमा भएपछि जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ भने स्वास्थ्य सेवा सुचारु नभएका कारण अस्पतालमा भर्ना गरिएका बिमारीहरूसमेत समस्यामा परेका छन् । अस्पताल परिसरमा दुर्व्यवहार गर्नेलाई कारबाही नहुँदासम्म सेवा सूचारु नगरिने अस्पतालका कर्मचारी भुवनप्रसाद जोशिले बताए। 

बैतडीका मेडिकल कर्मचारीले मंगलबार हडताल गरे जसको कारण जिल्लामा स्वास्थ्य सेवा बन्द भएको छ। जिल्ला स्वास्थ्य कार्यालयको प्रमुखले दुर्व्यवहार गरेको घटनाको विरोधमा जिल्लाका स्वास्थ्य सेवाले आफ्नो सेवा बन्द गरेका कारण सयौं बिरामी प्रभावित भएका छन्। आपतकालीन मामिला बाहेक, सबै अन्य सेवाहरू रोक्नका लागि ल्याइएको थियो, चिकित्सा सहायताको खाँचोमा परेका मानिसहरूलाई कठिनाईका कारण। आइतबार जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा। गुनाराज अवस्थीलाई उनको कार्यालयमा एक महिलाले आक्रमण गरे। उक्त महिला डा। अवस्थीको कार्यालयमा छिर्की, शाब्दिक रूपमा दुर्व्यवहार गरे, र उनको अनुहारमा कालोपनी। जिल्ला अस्पतालले गर्भवती महिला एम्बुलेन्स सेवा अस्वीकार गरेपछि उक्त महिला कथित रूपमा नाराज भइन्। प्रहरीले अनुसन्धानका लागि तीन महिलालाई नियन्त्रणमा लिएको छ भने चौथो महिला ठूलो छ। जिल्लाका दर्जन भन्दा बढी स्वास्थ्य सुविधाका मेडिकल स्टाफले कार्यस्थलमा सुरक्षा र डक्टरको आक्रमणको विरुद्ध कानुनी कारबाहीको माग गर्दै सोमबार विरोध प्रदर्शन गरे। यसैबीच, जिल्ला प्रशासन कार्यालयका अधिकारीहरूले मंगलबार दिउँसो आन्दोलनकारी स्वास्थ्यकर्मीहरूलाई भेटे र घटनाको छानबिन गर्न आश्वासन दिए।

दुर्व्यवहार घटनामा मानव अधिकार आयोगको चासो राष्ट्रिय मानव अधिकार आयोगले बैतडी जिल्ला अस्पतालका डाक्टर र धनगढी नगरपालिकाका इञ्जिनियरमाथि भएको दुर्व्यवहारका घटनाबारे चासो देखाएको छ । जेठ ३० गते एक विज्ञप्ति प्रकाशित गरी गत जेठ २३ गते जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. गुणराज अवस्थी र २५ गते इञ्जिनियर दिजराज भट्टलाई कार्यालयमा काम गरिरहेको अवस्थामा मोसो दलिएको घटनाले सरकारी सेवा प्रभावित हुन पुगेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । दुवै घटनाका सम्बन्धमा आयोगका तर्फबाट अनुगमन भइरहेको विज्ञप्तिमा उल्लेख छ । व्यक्तिको मानव अधिकार, मार्यादा र आत्मसम्मानमा आँच आउने किसिमले मोसो दल्ने जस्ता कार्य भएकाले दुवै घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी प्रक्रिया अनुसार कारबाही गर्न स्थानीय प्रशासन समक्ष आयोगले मागसमेत गरेको छ । उनीहरूको सुरक्षाको प्रत्याभूति गर्न र सेवा प्रदायक निकायसँग जनसरोकारका विषयमा जिम्मेवार र जवाफदेही रहन राजनीतिक दल, नागरिक समाज र सञ्चार जगतले सकारात्मक भूमिका निर्वाह गरी सुरक्षित रूपमा काम गर्ने वातावरण निर्माणका लागि आग्रह गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
INSEC

0 Comments