Incident Reports

विद्यालयमा क्रिस्चियन धर्म प्रचार गरेको आरोपमा ७ जना पक्राउ

2016-06-10

Bagmati, Dolakha, Bhimeshwor

यशुखृष्टसम्बन्धि पुस्तक बाडेर धर्मप्रचार गरेको आरोपमा दुई वटा निजी स्कुलका सञ्चाकसहित साता जनालाई प्रहरीले विहिवार प्रक्राउ गरेको छ । चरिकोटस्थित माउण्टभ्याली बोडिङ स्कुलका प्रिन्सिपल प्रकाश प्रधान र मोर्डन नेपालका प्रिन्सिपल विमल शाही सहित क्रिस्चियन संस्था टिच नेपालमा आबद्ध व्यक्तिहरुलाई प्रहरीले पक्रेको हो । प्रिन्सिपलहरु विद्यालयबाट र अन्य पाच जना चरिकोटस्थित सातदोवाटो चोकबाट प्रक्राउ परेका हुन् । टिच नेपालबाट आएका काठमाडौंका बनिता डंगोल, मकवानपुरका बालकृष्ण राई, गोर्खाका फिलिप तमाङ, ललितपुरका किरण दाहाल, रामेछापका भीमबहादुर तमाङ पनि पक्राउ परेका छन् । उनीहरुले माउण्टभ्यालीका करिब ५ सय र मोर्डन नेपालका करिब ३ सय ८५ जना विद्यार्थीलाई रुमाल र यशुखृष्टसम्बन्धि महान कथा बाडेको आरोप लगाइएको छ । टिच नेपालबाट प्रचारमा प्रयोग भएको एउटा मोटर पनि प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी प्रमुख डिएसपी बेलबहादुर पाण्डेका अनुसार उनीहरुले बुधबार माउण्टभ्यालीमा र विहिवार मोर्डन नेपालमा विद्यार्थीहरुलाई दिनभर धार्मिक कार्यक्रम गरेर प्रवचनसमेत गरेका थिए । कलिला बालबालिकालाई धार्मिक रुपमा अभिप्रेरित गरेको आरोपमा प्रहरीले सबैजनालाई धर्म प्रचार तथा धर्म परिवर्तनसम्बन्धि मुद्दा चलाउन तयारी गरेको छ । मुलुकी ऐन अदलको महलको १ र नेपालको संविधान धारा २६ उपधारा ३ विपरीत कार्य गरेकोले मुद्दा चलाइने तयारी गरिएको प्रहरी नायव उपरीक्षक पाण्डेले बताए । Update ------------------ विद्यार्थीलाई ‘धर्म परिवर्तन गराउने’ थप एकजना पक्राउ दोलखामा विद्यार्थीहरुलाई जबर्जस्ती क्रिश्चियन बनाउन खोजेको आरोपमा थप एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा पूर्वी दोलखाको मिर्गे गाविस वडा नम्बर–२ का शक्ति पाख्रिन रहेका छन् । यसअघि, प्रहरीले चरिकोटस्थित दुईओटा बोर्डिङ स्कुलका सन्चालकसहित ७ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुको बयानको आधारमा पाख्रिनलाई सोमबार पक्राउ गरिएको हो । पक्राउ परेकाहरुले पाख्रिनले नै विद्यालयमा क्रिश्चियन सामग्री पठाइ विद्यार्थीहरुलाई धर्म परिवर्तन गराउन लगाएको बताएको जनाइएको छ । उनीहरुले चरिकोटको माउन्ट भ्यालीका करिब ५ सय र मोर्डन नेपालका करिब ३ सय ८५ जना विद्यार्थीलाई क्रिश्चियन धर्मसम्बन्धी सामग्रीहरु जबर्जस्ती घर लैजान लगाउने र त्यही पढाउने गरेका थिए ।

0 Comments