Incident Reports

प्रहरी र गाँजा तस्करबीच गोली हानाहान

2016-06-12

Madhes, Parsa, Jirabhawani

गाँजा तस्कर र प्रहरीबीच आइतबार राति पर्सामा दोहोरो गोली हानाहान भएको छ । रातको समयमा ग्रामीण नाकाबाट ठूलो परिणाममा गाँजा तस्करी भइरहेको सूचना पाएर पुगेको प्रहरीले तस्कर समूहलाई रोक्न खोज्दा गोली हानाहान भएको प्रहरीले जनाएको छ । राति करिब १२ बजेको समयमा शंकरसरैया गाविसको भलुही खोलाको बगरमा तस्करलाई ढुकेर बसेका प्रहरीलाई देख्ने बित्तिकै गाँजा कारोबारीले गोली प्रहार गरेका थिए । जवाफी कारबाहीमा प्रहरीले २ राउण्ड गोली चलाएपछि तस्करहरु साइकल र गाँजा छाडेर नजिकै रहेको पर्सा वन्यजन्तु आरक्ष भित्र भागेको प्रहरी नायव उपरीक्षक होबिन्द्र बोगटीले बताए । ‘एक सय केजी गाँजा बरामद भएको छ,’ कान्तिपुर अनलाइनसँग डीएसपी बोगटीले भने, ‘दोहोरो गोली हानाहानमा ४ राउण्ड गोली प्रहार भयो ।’ उनका अनुसार लाइन क्लियर गराउन आएका कारोबारीले प्रहरी देख्ने बित्तिकै गोली प्रहरी गरेका थिए । ‘गाँजाको भरिया पछि/पछि र लाइन क्लियर गराउने अगाडि हिँडिरहेका हुन्छन्,’ एक प्रहरीले भने, ‘बाटोमा कुनै अवरोध सृजना भए भरिया गाँजा छाडेर भाग्छन् ।’ पछिल्लो केही वर्षयता पर्सामा गाँजा उत्पादन नभएपनि कारोबारीले मकवानपुर र धादिङ्गको पहाडी क्षेत्रका गाँजा आरक्षको जंगल हुँदै ग्रामीण नाकाबाट रातको समयमा भारत पठाउने गरेका छन् । प्रहरीले रोक्न खोज्दा पटक पटक गोली हानाहान भएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Light weapon
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
National/Online Media

0 Comments