Incident Reports

'बाँधे, गोली हाने, अनि छुरा धसे'

2016-06-15

Bagmati, Kathmandu, Kathmandu

खरानी रंगको प्यान्ट। सेतो सर्टमाथि इस्टकोट अनि रातो गलबन्दी। त्यस दिन बडो ठाँटिएर स्कुल पुगे मुक्ति अधिकारी। लमजुङ, दुराडाँडास्थित पाणिनी संस्कृत विद्यालयका शिक्षक उनी अब प्रधानाध्यापक भएका थिए। नयाँ जिम्मेवारी पाएपछि उनमा निकै जोसजाँगर थियो। परिवार उत्तिकै खुसी। 'घरबाट निकै रमाइलो गरी विद्यालय पठाएका थियाौं उहाँलाई,' जेठा छोरा सुमन भन्छन्, 'तर, के थाहा बेलुकी फर्कनुहुन्न भनेर ।' २०५८ माघ ३ गतेको कहालीलाग्दो घटना अहिले पनि झल्झली सम्झिरहन्छन् सुमन । शिक्षक अधिकारी तत्कालीन सशस्त्र द्वन्द्वरत नेकपा माओवादीको निसाना बन्न पुगे । सबैसँग सद्भावपूर्ण व्यवहार, अहिंसात्मक विचार राख्ने उनी गाउँकै प्यारा थिए । द्वन्द्वरत पक्षलाई काटमार नगर्न सम्झाउँथे । त्यस दिन सहकर्मी शिक्षकको बधाई ग्रहणपछि उनी प्रफुल्ल मुद्रामा कक्षा प्रवेश गरे । प्रधानाध्यापक भए पनि पढाउन छाडेनन् । मध्य दिउँसो कक्षा १० का विद्यार्थीलाई पढाउँदै थिए । एक्कासि दस–बाह्र जनाको सशस्त्र डफ्फा स्कुल छिर्‍यो। 'हेडसर को हो ?,' तीमध्येको एकले सोध्यो । 'मुक्ति सर हुनुहुन्छ,' एक शिक्षकले भने, 'अहिले कक्षा दसलाई पढाइरहनुभएको छ ।' हतियारधारी डफ्फाले अधिकारीलाई तत्काल बाहिर आउन उर्दी गर्‍यो। 'म पढाइरहेको छु, किन निस्कनु, केही काम भए पछि कुरा गरौंला,' उनले भित्रैबाट जवाफ दिए । तर, माओवादी कार्यकर्ता जबर्जस्ती कक्षामै पसे । अधिकारीलाई डोरीले बाँधे । विद्यार्थीले हतियारधारीसँग अनुनय गरे, 'हाम्रो सरलाई यसो नगर्नुस्, छाडिदिनुस् ।' तर, उनीहरूले सुनेनन्, केही बेरमा छाडिदिने रुखो जवाफ दिँदै अधिकारीलाई लिएर गए । गाउँको उकालोमा पु¥याएपछि उनीहरूले अधिकारीलाई बन्दुक सोझ्याइसकेका थिए । 'यहाँ कसलाई मार्न खोजेका, नहान गोली !' गाउँका महिला कराएपछि भने उनीहरू केही हच्किए । अधिकारीलाई सरासर डाँडामा लिएर गए । अनि एउटा रुखछेउ रोकिए । अधिकारीकै गलबन्दीको पासो हालेर उनलाई अँठ्याउँदै रुखमा कसे । अनि निर्मम बनेर गोली ठोके । त्यतिले पनि चित्त नबुझेर छुरा रोपे । मुखमा बुजो कोचिएकाले अधिकारीको चित्कार गाउँसम्म पुग्न पाएन । एम्नेस्टी इन्टरनेसनल–७९ का स्थानीय संयोजक पनि थिए अधिकारी । 'स्कुलमा संस्कृत शिक्षा दिएको र सुराकी गरेको आरोप लगाएर मारे,' सुमन भन्छन्, 'हामी त्यही शिक्षा लिएर स्नातक गर्दै थियौं।' अपराह्न घटना थाहा पाएर उनीहरू पुग्दा अधिकारीको रगताम्मे शरीर रुखमा लत्रिरहेको थियो । अधिकारी निमित्त प्रधानाध्यापक रहँदा माओवादीले शिक्षकको २५ प्रतिशत दसैँ पेस्की माग गरेका थिए । अधिकारीले त्यसमा असहमति जनाएपछि उनीहरु रुष्ट थिए । माओवादीले गाउँको एक मात्र फोन कब्जामा लिएर केही पर फालिदिएका थिए । त्यही जोडेर गाउँलेले प्रहरीलाई खबर गरे तर त्यस दिन पुगेन । 'आधा रातसम्म बुबाको लास कुरेर बस्यौं,' सुमन सम्झन्छन्, 'देखेर मन चिरिन्थ्यिो तैपनि घरघरी हेरिरहन्थेँ ।' भोलिपल्ट प्रहरी आएर मुचुल्का उठायो । परिवारले किटानी जाहेरी दियो । त्यसपछि पनि न्यायका लागि पटकपटक जिल्ला प्रशासनदेखि प्रहरीसम्म धाइरहे । तर, अहिलेसम्म पनि उनीहरूले न्याय पाएका छैनन् । न अनुसन्धान अघि बढ्यो न त दोषीलाई कारबाही भयो। सत्य निरुपणमा उजुरीको चाङ
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Murder/attempted Murder
Secondary Form Torture
Weapons Sharp weapon , Small arms
Primary Cause Other political issues
Secondary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports