Incident Reports

छोराले माथिल्लो जातको केटीसँग बिहे गर्दा बाबुलाई जुत्ताको माला [Updated]

2016-06-21

Madhes, Parsa, Birgunj

छोराले अन्तरजातीय प्रेम विवाह गरेको आरोपमा गाउँका मुखिया (पूर्व गाविस अध्यक्ष) र अगुवाहरूले बाबुलाई जुत्ताको माला लगाएर गाउँ परिक्रमा गराएका छन् । वीरगन्ज उपमहानगरपालिका २१ भवानीपुरका ६४ वर्षीया शिवपुजन शाह तेलीलाई बुधबार गाउँका मुखिया र अगुवाले घाँटीमा जुत्ताको माला लगाएर गाउँ परिक्रमा गराएका हुन् । शवपुजनका कान्छा छोरा अर्जुनले गाउँकै राजेश पटेलकी छोरी रवीना कुमारीसँग असार १ गते प्रेम विवाह गरेका थिए । असार १ गते घरबाट भागेर दुबैले प्रेम विवाह गरेपछि बुधबार बिहान गाउँमा पञ्चायती (सर्वपक्षीय छलफल) भएको अाजको अन्नपूर्णमा समाचार छ । पञ्चायतीमा सहभागी गाउँका मुखीया र अगुवाले माथिल्लो जातको केटीसँग बिहे गरेको भन्दै अर्जुनका बुबालाई जुत्ताको माला लगाएर गाउँ परिक्रमा गराउने निर्णय गरे । पञ्चायतीको निर्णयअनुसार गाउँका मसखियाद्वय शिवशंकर पटेल र ब्रम्हदेव पटेलले केटाका बुबा शिवपुजनलाई जुत्ताको माला लगाई दिन गाउँका चौकीदार सुरेन्द्र हजार पासवानलाई आदेश दिए । उनलाई जुत्ताको माला लगाएर गाउँ घुमाउने क्रममा मुखीया र गाउँका अगुवाले कुटपिट पनि गरेका उनका काहिँला छोरा नानकचन्द साह तेलीले बताए।

update....दुर्व्यवहार गरेको आरोपमा गिरफ्तारीमा परेकालाई छुटाउन राजनीतिक दलहरूको दबाव

बीरगञ्ज उमनपा-२१ भवानीपुरका ६४ वर्षीय शिवपुजन साहलाई जुत्ताको माला लगाइदिएर दुर्व्यवहार गर्दै गाउँ घुमाउने कामको अगुवाई गरेको आरोपमा सोही ठाउँका शिवशङ्कर पटेल, ब्रम्हदेव पटेल र चौकीदार सुरेन्द्र पासवानलाई प्रहरीले गिरफ्तार गरी असार ९ गते सार्वजनिक मुद्दा दर्ता गरेको भएपनि उनीहरूलाई छुटाउन राजनीतिक दलहरूले दबाव दिएका छन् । अन्तरजातीय विवाह गरेको आरोपमा अर्जुन साहका बावु शिवपुजनलाई जुत्ताको माला लगाइदिएर गाउँ घुमाउनेहरूलाई तत्काल छाड्न नेपाली काङ्ग्रेस पर्साले भने असार १० गते डेलीगेशन गएरै प्रशासनलाई दबाव दिएको छ । शिवपुजनलाई असार ८ गते बुधबार गाउँका मुखिया र अगुवाले जुत्ताको माला लगाएर दुर्व्यवहार गर्दै गाउँ घुमाएका थिए । शिवपुजन साहका छोरा अर्जुन साहले सोही ठाउँकी रवीनाकुमारी पटेललाई भगाएर विवाह गरेका थिए । भवानीपुर गाविसमा साहको तीन परिवार मात्र छ । गाउँमा सबै भन्दा बढी कुर्मीहरूको बसोबास रहेको छ । अन्तरजातीय विवाह गरेका छोरालाई एक हप्ताभित्र गाउँमा उपस्थित गराउन स्थानीय पञ्चले शिवपुजनलाई निर्देश गरेका थिए । पञ्च समाजले दिएको समयभित्र छोरा ल्याउन नसकेको भन्दै गाउँका मुखिया, पञ्चहरूले शिवपुजनलाई जुत्ताको माला लगाइदिएर गाउँ घुमाएका थिए । गाउँमा शिवपुजनलाई जुत्ताको माला लगाएर घुमाउँदै गर्दा उनकै बुहारीले सो विषयमा स्थानीय एक नेतालाई फोन गरेर गुहार माग गरेकी थिइन् । स्थानीय ती नेताले तत्कालै प्रहरीलाई खबर गरेका थिए । घटना स्थलमा पुगेको प्रहरीले शिवशंकर पटेल र ब्रम्हदेव पटेललाई गिरफ्तार गरेको थियो । प्रहरीले बुधवार स्थानीय भद्र भलाद्मीको रोहवरमा मिलेर आउने प्रतिबद्धता जनाएपछि उनीहरूलाई छाडेको थियो । तर, स्थानीय स्तरमा शिवपुजन साहलाई झनै दबाव र पीडा दिएको थाहा पाएपछि प्रहरीले उनीहरूलाई बिहिवार हिरासतमा लिएर सार्वजनिक मुद्दा दर्ता गरेको जनाएको छ । असार १० गते पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै नेपाली काङ्ग्रेसले जुत्ताको माला लगाइदिएर गाउँ घुमाएको आरोपमा गिरफ्तारीमा परेकाहरूलाई छाड्न दबाव दिएको हो । गाउँका पञ्चहरूले गरेको निर्णय सबैलाई मान्य भएकाले गिरफ्तारीमा परेकाहरूलाई छाड्नुपर्ने दबाव दिन नेपाली काङ्ग्रेसका पूर्वसांसद अजय द्विवेदीको नेतृत्वमा काङ्ग्रेसका कार्यकर्ताहरू जिल्ला प्रशासन कार्यालय पुगेका थिए । नेपाली काङ्ग्रेसका पूर्व जिल्ला सचिव अशोक जैशवालले प्रशासनले बिना कुनै उजुरी गाउँका अगुवाहरूको गिरफ्तारी गरेकाले छोड्नका लागि दबाव दिएको बताए । उनीहरूलाई छुटाउनका लागि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा संयुक्त र राष्ट्रिय मधेश समाजवादी पार्टीका नेताहरू पनि प्रशासनसम्म पुगेका थिए । जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी होमेन्द्र बोगटीले घटना निक्रिष्ट र निन्दनीय भएकाले गिरफ्तार गरिएकाहरूलाई त्यत्तिकै छोड्न नमिल्ने बताए । उनले भने-'अन्तरजातीय विवाहकै कारण जुत्ताको माला लगाइदिएर गाउँ घुमाउनेहरूलाई कारबाही हुन्छ । कुनै दबावले काम गर्दैन ।'

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Ethnic or caste-based collective tensions
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Group of civilians (only Target) , Nepali Congress and affiliated org , UML and affiliated org , CPN (Maoist Center) and affiliated org , Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media , INSEC

0 Comments