Incident Reports

प्रहरीले यातना दिएको निश्कर्षसहित गुटु घटनाको प्रतिवेदन सार्वजनिक

2016-06-26

Karnali, Surkhet, Chaukune

गुटु गाविसमा दुईजना युवालाई प्रहरीले यातना तथा अमानवीय व्यवहार गरेको घटनाको सम्बन्धमा स्थलगत अध्ययन टोलीले प्रहरी हिरासतमा यातना दिएको निश्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको छ । इन्सेक सुर्खेतले असार १२ गते वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी उक्त प्रतिवेदन सार्वजनिक गरेको हो । इन्सेक सुर्खेत जिल्ला प्रतिनिधि दुर्गा थापा, दलित गैरसरकारी संस्था महासङ्घका केन्द्रीय उपमहासचिव सञ्जुसिं विश्वकर्मा र गैरसरकारी संस्था महासङ्घ सुर्खेतका सचिव यामराज शर्मा सम्मिलित स्थलगत अध्ययन टोलीले यस्तो निश्कर्षनिकालेको हो । सार्वजनिक प्रतिवेदनमा वीरेन्द्रनगर नपा-१ का २० वर्षीय कृष्ण थापा र गुटु गाविस-८ का १५ वर्षीय प्रवेश सुनारलाई प्रहरी हिरासतमा यातना दिएको उल्लेख छ । टोलीले प्रत्यक्षयदर्शी र पीडितहरूको भनाईको आधारमा तयार पारेको सो घटनाको प्रतिवेदनमा वैशाख १४ गते 'ख' श्रेणीको इलाका प्रहरी कार्यालय गुटुमा कार्यरत हवल्दारद्वय कमलराम विक, अर्जुन चन्द र प्रहरी जवान प्रदीप खड्काले ती युवालाई यातना दिएको प्रतिवेदन सार्वजनिक गरेको हो । प्रहरीले सोही घटनामा संलग्न गुटु गाविस-८ का १८ वर्षीय मङ्गल जोशी र २१ वर्षीय टेकेन्द्र विसीलाई नियन्त्रणमा लिएर कुटपिट गरेको इन्सेक जिल्ला प्रतिनिधि दुर्गा थापाले जानकारी दिए । स्थानीय युवाहरूबीच भएको विवादमा संलग्न भएको आरोपमा गिरफ्तारपछि हिरासतमा राखिएका उनीहरू हिरासतबाटै भागेको भन्दै आवेशमा आएर प्रहरीले सुनार र थापालाई हिरासतमा थुनेर चरम यातना दिएको पीडित र प्रत्यक्षदर्शीको भनाई रहेको प्रतिवेदनमा उल्लेख छ । अनुगमन टोलीले घटनाको तत्काल सत्यतथ्य छानबिन गरी दोषीहरूलाई कारबाहीको दायरामा ल्याउनसमेत माग गरेको छ । सो घट्नामा संलग्न हवल्दारद्वय विक र चन्द तथा प्रहरी जवान खड्का हाल प्रहरीको आन्तरिक कारबाहीमा रहेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Violence against civilians
Weapons None
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 2
Youth Injured 2
INSEC

0 Comments