Incident Reports

ससुराली घरमा पेस्तोल राख्ने पक्राउ

2016-06-28

Karnali, Surkhet, Lekbeshi

भेरीगङ्गा नगरपालिका–३ स्थित ससुराली बस्दै आएका रुकुम घेत्मा–४ घर भएका ४१ बर्षीय तुलाराम थापालाई प्रहरीले १ थान कटुवा पेस्तोल र फ्युज जडान गरेको २ थान डेटोनेटरसहित पक्राउ गरेको छ। उनी बस्ने घरमा अबैध कटुवा पेस्तोल राखेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय छिन्चुबाट खटीएको प्रहरी टोलीले सोमबार घर खानतलासी गरेको थियो। प्रहरीले छापा मार्दा उक्त कटुवा पेस्तोल र डेटोनेटर बरामद भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
National/Online Media

0 Comments