Incident Reports

श्रीमतीलाई गोली हानी घाइते बनाएका श्रीमानको शव फेला

2016-06-27

Gandaki, Gorkha, Dharche, Ward 6

उत्तरी गोरखाको काशीगाउँ–२ का ५८ वर्षीय कामी गुरुङले आफ्नी ६० वर्षीया श्रीमती सुकमाया गुरुङलाई गोली हानेर गम्भीर घाइते बनाएका छन् । सोमबार साँझ चर्चबाट फर्किएकी श्रीमती सुकमायालाई घरमा लुकेर बसेका कामीले भरुवा बन्दुकले हानेर घाइते बनाएको प्रहरीले जनाएको छ । सुकमायाको दायाँ पुट्ठामा गोलीको छर्रा लागेको छ । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरी थप उपचार गर्न आरुघाटस्थित अस्पतालमा ल्याइएको छ । घरायसी विवादका कारण कामीले श्रीमतीलाई गोली हानेको बताइएको छ । श्रीमतीलाई गोली हानेर घाइते बनाएपछि कामीले घर छाडेका थिए । घरदेखि ५०० मिटर टाढा खनायोको रूखमा झुन्डिएको अवस्थामा कामीको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए । घटनाबारे अनुसन्धान अघि बढाइएको उनको भनाइ छ । कामीको शव सोमबार साँझ नै फेला परेको हो । घटना भएको ठाउँ दुर्गममा भएकाले ढिला गरी जानकारी आएको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Homemade/traditional firearms
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments