Incident Reports

द्वन्द्वकालीन समयमा बलात्कारबाट पीडितद्वारा उजुरी

2016-06-28

Lumbini, Dang, Tulsipur

द्वन्द्वको समयमा दाङ जिल्लामा भएका बलात्कार घटनाका ६ ओटा उजुरी सत्यनिरूपण तथा मेलमिलाप आयोगमा ०७३ असार १५ गतेसम्म दर्ता भएको स्थानीय शान्ति समिति दाङले जनाएको छ । राज्यतर्फबाट पीडित चार र विद्रोही पक्षबाट पीडित भएका दुई जनाले आफूलाई बलात्कार गरेको भन्दै पीडितले उजुरी दर्ता गराएको शान्ति समिति दाङका सचिव हेमराज अधिकारीले बताए । 'खामबन्दी पनि उजुरी आएका छन् । ती के हुन् भन्ने थाहा हुने कुरा भएन ? तर, ६ जनाले आफूमाथि द्वन्द्वको समयमा बलात्कार भएको खुलेरै उजुरी दर्ता गराएका छन् ।'-अधिकारले भने । राज्यपक्षबाट तत्कालीन नेपाली सेनाले चार जना महिलालाई विभिन्न समयमा छुट्टा छुट्टै हिरासतमा लिएर सामुहिक बलात्कार गरेको पीडितले बताएको शान्ति समितिले जनाएको छ । त्यस्तै तत्कालीन विद्रोही माओवादीका कार्यकर्ताहरूले आफूहरू माओवादी भन्दै घरमा बास मागेर बलात्कार गरेको उजुरीमा उल्लेख गरिएको शान्ति समितिले जनाएको छ । पीडितहरूले शान्ति समितिबाटै उजुरी दिएको शान्ति समिति दाङका संयोजक नरेशजङ्ग राणाले बताए । दाङमा असार १५ गतेसम्म सत्यनिरूपण तथा मेलमिलाप आयोगका लागि १ हजार १ सय २४ र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि १ सय १८ ओटा उजुरी दर्ता भएको स्थानीय शान्ति समितिले जनाएको छ ।

0 Comments

Related Reports