Incident Reports

घुस नदिएपछि कर्मचारीबाट कुटिए सेवाग्राही

2016-07-13

Madhes, Saptari, Rajbiraj

सरकारी कर्मचारीले मागेको घुस नदिएपछि राजविराज स्थित मालपोत कार्यालयका कर्मचारीहरुबाट बुधवार एक सेवाग्राही निर्घात कुटिएका छन् । कर्मचारीवबाट सेवाग्राही कुटिएपछि बिहिवारदेखि सेवाग्राही र मधेशी मोर्चा आबद्ध दलका कार्यकर्ताहरुले दोषी कर्मचारी उपर कानुनी कारवाहीको माग गर्दे मालपोत कार्यालय सप्तरीको कामकाज अबरुद्ध बनाएका छन् । जग्गा रजिष्ट्री गराउनका लागि मालपोत कार्यालय आएका राजविराज नगरपालिका वडा नम्वर-१० का ३४ वर्षीय श्यामप्रसाद साह बुधवार सवा ४ वजेको समयमा कुटिएका हुन् । जग्गा रजिष्ट्री गराउनकालागि प्रक्रिया अगाडि बढाउने क्रममा रजिष्ट्रेशन फाँटका कर्मचारी धर्मेन्द्र खड्का र योगेन्द्र अधिकारीले चाँडो काम अगाडि बढाई दिने भन्दै आफूसाग दुई सय रुपैयाँ मागेको पीडित साहले आरोप लगाए । आफूले घुस नदिने अडान लिएपछि कागज फालिदिएको र फाँटका कर्मचारी खड्का, अधिकारीले गाली-गलौज गर्दै कुट्न थालेको उनले जानकारी दिए । आफूलाई कुट्न थालेको देखेर मालपोत कार्यालयका जामुन साह, पशुपती देवलगायतले मुक्का, रड र धारिलो हतियारले समेत प्रहार गरेको बताए । कर्मचारीवाट उनलाई मालपोत कार्यालय पसिरमा निर्घात कुटिदै गरिएको देखेपछि अन्य सेवाग्राहीले जोगाएका थिए । कर्मचारीको कुटाईवाट साहको जिउभरी नै निलडाम छ । उनको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजको आकस्मिक कक्षमा उपचार भईरहेको छ । डेढ वर्ष अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयका प्रमुखलाई घुस वापतको रकमसहित रङ्गेहात पक्राउ गरेको थियो । यस अघि पटक-पटक मालपोत कार्यालयका फााटवाला कर्मचारी र सेवाग्राही बीच लेनदेनको विषयमा विवाद हुादैआएको छ । बिहीवार वाट सेवाग्राही र मधेशी मोर्चाका कार्यकर्ताहरुले कामकाज ठप्प पारेपछि कार्यालयको कामकाज बन्द भएको छ । कार्यालयको कामकाज बन्द भएपछि प्रमुख जिल्ला अधिकारी बेलदेब गौतम मालपोत कार्यालय पुगी कुटपीटमा संल्गन कर्मचारमिाथि निजामति ऐन अन्तरगत कारवाहीको प्रक्रिया अघि बढाईसकिएको बताए । तर सेवाग्राही र मोर्चाका कार्यकर्ताले कानुनलाई हातमा लिएर सेवाग्राहीलाई कुटपीट गर्ने कर्मचारी उपर निजामति ऐनले मात्र नभई फौजदारी कानुन अनुरुप हिरासतमा राखेर कारवाही गर्नुपर्ने अडान लिएका छन् । कर्मचारी युनियनहरु,राजनैतिक दल, सेवाग्राही, लेखापढी ब्यबसायीहरुको संयुक्त छलफलवाट समस्या समाधानको पहल गर्ने तयारी भएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Program Interference/Obstruction
Weapons Blunt weapon , Sharp weapon
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments