Incident Reports

अनुमतिपत्र नदिएको भन्दै शिक्षा अधिकारीको कार्यकक्षमा तोडफोड

2016-07-14

Province 1, Morang, Biratnagar, Ward 11

विराटनगर उमनपा-३ मा सञ्चालनमा रहेको सेन्टमेरिज स्कुललाई कक्षा ८ को अनुमतिपत्र नदिइएको भन्दै असार ३० गते अभिभावकसहितको टोलीले जिल्ला शिक्षा अधिकारको कार्यकक्षमा तोडफोड गरेका छन् । कक्षा ८ मा अध्ययनरत विद्यार्थीका अभिभावकसहितको टोलीले जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनालको टेबलको सिसा फुटाइदिएको छ । उनी कार्यकक्षमै रहेको अवस्थामा उक्त समूहले टेबलको सिसा फुटाएका हुन् । यसअघि पनि टोली आएर कक्षा-८ को अनुमतिका लागि आग्रह गर्दा अहिले कक्षा सञ्चालन गर्दै गर्नु पछि अनुमतिपत्र दिउँला भनी पठाएकाले आफूहरूले छोराछोरीलाई विद्यालय पठाएको तर हाल सम्म अनुमति नदिएको अभिभावक केदार कार्कीले बताए । कार्कीले जिल्ला शिक्षा कार्यालयले अनुमति नदिएमा कक्षा-८ मा अध्ययन गरिरहेका ८८ जना विद्यार्थीको भविष्य चौपट हुने भन्दै आक्रोशित समूहले उक्त तोडफोड गरेको बताए । जिल्ला शिक्षा अधिकारी खनालले भने यसभन्दा अघि विद्यालयको भौतिक पूर्वाधारलगायतका आवश्यक पूर्वाधार नपुगेकाले विभागबाटै अनुमति नदिएकाले स्वीकृति नदिएको बताए । विद्यालयले भने ०७२ पुस मसान्तभित्र आवश्यक कागजातहरू संलग्न गरी कक्षा-८ को सञ्चालनका लागि अनुमतिको माग गर्दै आवेदन पेश गरेको अभिभावक कार्कीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons None
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
INSEC

0 Comments