Incident Reports

कावासोती नगरपालिकामा तालाबन्दी

2016-07-18

कावासोती नगरपालीकामा स्थानीयले ताला लगाएका छन् । श्रावण १ गतेदेखि लागु गरिएको एकिकृत सम्पत्ति करको रकम बढी भएको भन्दै स्थानीयले सोमवार बिहान ११ बजे नगरपालीकाको कर्यालयमा तालाबन्दी गरेका हुन् । नगरपालिकाले लागु गरेको सम्पत्ति कर (घर जग्गा कर र सिफारीस दस्तुर) ज्यादै धेरै भएकाले आफूले ताला लगाएको पुर्ववडा अध्यक्ष बिश्वराज बगालेले जानकारी दिए । गत वर्ष १ सय ५० रुपैया लिएको कर यस पटक सेवाग्राहिवाट ३४ सय असुलिएको जानकारी पाएपछि ताला लगाएको उनको भनाई छ । कर बढाउनु पर्छ तर सामान्य मानिसको ढाडै सेक्नेगरि कर लगाइएकोमा आफूहरुको बिरोध रहेको उनले बताए । नगरपालिकामा तालागाइएपछि सेवाग्राही मर्कामा परेका छन् । सामान्य सिफारिस लिन आउनेहरु रित्तै फर्किन बाध्य भएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments