Incident Reports

डा. गोविन्द केसीको समर्थनमा उत्रिएका १२ जना बालुवाटारबाट पक्राउ [Updated]

2016-07-19

Bagmati, Kathmandu, Kathmandu

 स्वास्थ्य र चिकित्सा क्षेत्रमा सुधारको मागसहित आमरण अनसनमा डाक्टर गोविन्द केसीको समर्थनमा निस्किएका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। केसी अनसनको १०औं दिन आज डाक्टर र विद्यार्थीहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्न पुगेका थिए। केसीको मागप्रति सरकारले बेवास्तार रहेको र तत्काल सम्बोधनको माग गर्दै उनीहरु प्रदर्शनमा उत्रिएका थिए। त्रिवि शिक्षण अस्पताल महाराजगन्जदेखि नाराजुलुस सहित पुगेका उनीहरुले निषेधित क्षेत्र तोड्न खोजेकाले नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। पक्राउ पर्नेहरुमा डा. बद्री अर्याल, सागर पोखरेल, गोविन्द भन्डारी र विद्यार्थीहरु उपेन्द्र अधिकारी, यज्ञराज अधिकारी, विषद दाहाल लगायत रहेका छन्। उनीहरुलाई अहिले महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको छ।


डा. केसीको समर्थनमा चितवनमा लगातार प्रदर्शन काठमाडौं शिक्षण अस्पताल महाराजगन्जमा अनशनरत डा. गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै मंगलबार पनि भरतपुरमा प्रदर्शन भएको छ। प्रयास नेपाल नामक संस्थाको पहलमा भरतपुरको चौबिसकोठी चोकमा साँझ पाँच बजेदेखि आधा घण्टा प्रदर्शन भएको हो। सोही संस्थाको पहलमा सोमबार दिउँसो नारायणगढको लायन्स चोकमा पनि आधा घण्टा प्रदर्शन भएको थियो । प्रयास नेपालमा संयोजक अमर घिमिरेले बुधबार साँझ पनि डा.केसीको माग र अभियानको समर्थनमा प्रर्दशन गर्ने जानकारी दिए । ‘डाक्टर केसीका माग जायज छन्। सरकार र संसदले यसको चाडोभन्दा चाडो सुनुवाइ गर्नुपर्छ । यसका लागि दवाव दिन हामी निरञ्तर प्रदर्शनमा उत्रेका हौं,’ संयोजक घिमिरेले भने। मेडिकल शिक्षा सुधारको नीतिगत व्यवस्था माग राख्दै डा.केसीले आमरण अनशसन सुरु गरेको मंगलबार १० दिन भयो 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Violence during arrest/detention
Weapons Other
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations APF
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments