Incident Reports

भरुवा बन्दुक सहित एक जना पक्राउ

2016-07-20

जिल्ला प्रहरी कार्यलय बझाङले भरुवा बन्दुक सहीत एक जनालाई नियन्त्रणमा लिएको छ । देउलीकोट गाविस वडा नम्बर ३ का हरी प्रसाद जोशीको घर बाट भरुवा बन्दुक सहीत जोशीलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्दले जानकारी दिएका छन । गोप्य सुचना पाए पछि ईलाका प्रहरी कार्यलय बुंगल बाट गएको प्रहरी टोलीले जोशीको घरमा खान तलास गर्दा एक थान भरुवा बन्दुक लुकाई राखेको अवस्थामा फेला पारे पछि जोशीलाई नियन्त्रणमा लिएको हो । उनलाई हातहतियार खरखजना ऐन अनुसार कारवाही हुने प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्दले बताएका छन ।

0 Comments