Incident Reports

​घुस लिने सव-इन्जिनियर रंगे हात प्रक्राउ

2016-07-20

Karnali, Surkhet, Birendranagar

साविकको घुमखहरे गाविस–८ र अहिलेको सुभाघाट गंगामाला नगरपालिका–३ मा रहेको खरायोचौर सिँचाइ आयोजनाका सेवाग्राहीसँग घुस लिँदै गर्दा यादव प्रक्राउ परेको अख्तियारले जनाएको छ । सुर्खेतमा क्षेत्रीय सिँचाइ निर्देशनालयका सव इन्जिनियर संजयकुमार यादव घुस लिँदा लिँदै प्रक्राउ परेका छन् । क्षेत्रीय सिँचाइ निर्देशनालयका सव इन्जिनियर संजयकुमार यादवलाई अख्तियारको टोलीले ९७ हजार रुपैयाँ घुससहित प्रक्राउ गरेको हो । यादवलाई दिउँसो ४ बजेतिर प्रक्राउ गरिएको हो । साविकको घुमखहरे गाविस–८ र अहिलेको सुभाघाट गंगामाला नगरपालिका–३ मा रहेको खरायोचौर सिँचाइ आयोजनाका सेवाग्राहीसँग घुस लिँदै गर्दा यादव प्रक्राउ परेको अख्तियारले जनाएको छ । निर्माण सम्पन्न भई विल फरफारक गरी चेक भुक्तानी दिने बेला विभिन्न बाहाना बनाएर ९७ हजार रुपैयाँ घुस लिँदै गर्दा यादव प्रक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले जनाएको छ ।

0 Comments