साविकको घुमखहरे गाविस–८ र अहिलेको सुभाघाट गंगामाला नगरपालिका–३ मा रहेको खरायोचौर सिँचाइ आयोजनाका सेवाग्राहीसँग घुस लिँदै गर्दा यादव प्रक्राउ परेको अख्तियारले जनाएको छ ।
सुर्खेतमा क्षेत्रीय सिँचाइ निर्देशनालयका सव इन्जिनियर संजयकुमार यादव घुस लिँदा लिँदै प्रक्राउ परेका छन् ।
क्षेत्रीय सिँचाइ निर्देशनालयका सव इन्जिनियर संजयकुमार यादवलाई अख्तियारको टोलीले ९७ हजार रुपैयाँ घुससहित प्रक्राउ गरेको हो । यादवलाई दिउँसो ४ बजेतिर प्रक्राउ गरिएको हो ।
साविकको घुमखहरे गाविस–८ र अहिलेको सुभाघाट गंगामाला नगरपालिका–३ मा रहेको खरायोचौर सिँचाइ आयोजनाका सेवाग्राहीसँग घुस लिँदै गर्दा यादव प्रक्राउ परेको अख्तियारले जनाएको छ ।
निर्माण सम्पन्न भई विल फरफारक गरी चेक भुक्तानी दिने बेला विभिन्न बाहाना बनाएर ९७ हजार रुपैयाँ घुस लिँदै गर्दा यादव प्रक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले जनाएको छ ।