Incident Reports

डा.केसीको समर्थनमा नयाँ बानेश्वरमा धर्ना

2016-07-21

Bagmati, Kathmandu, Kathmandu, Ward 31

डा. गोविन्द केसीका समर्थकहरुको आयोजनामा नयाँ वानेश्वर क्षेत्रमा यतिबेला धर्ना चलिरहेको छ। सयभन्दा बढीको संख्यामा तन्नेरीहरु उभिएको उक्त धर्नामा यतिबेला सहभागीहरुको संख्या धमाधम बढ्न थालेको छ। साढे दस बजेदेखि धर्ना आयोजना गरिएको थियो। त्यतिबेला पानी परिरहेको भए पनि उल्लेख्य संख्यामा सहभागी भेला भएका थिए। ‘डा.केसीको अनशन बाह्र दिन लागिसक्दा पनि सरकारले यस विषयमा यथोचित ध्यान �ो छ। ‘डा.केसीको अनशन बाह्र दिन लागिसक्दा पनि सरकारले यस विषयमा यथोचित ध्यान दिइरहेको छैन,' धर्नामा सहभागी मुटुरोग विशेषज्ञ डा. रामेश कोइरालाले भने, …केसीको बिग्रँदो स्वास्थ्य अवस्थाले हामी सबै चिन्तित छौं।' धर्नामा चिकित्सक, विद्यार्थी, परिचित लेखकलगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागीता छ। धर्नामा सहभागीहरुले धर्नास्थलबाटै सभामुखलाइ 'अाइ एम विथ डा‍ केसी' लेख्दै माेबाइलबाट एसएमएससमेत पठाएका थिए। ‘डा.केसीका माँगहरु जायज भएकाले सरिक भएको हुँ,' लेखक शेखर खरेलले भने, ‘सत्याग्रहीको अनशनप्रतिको बेवास्ता देखेपछि झरीकै बीचमा पनि उभिन आइपुगेको हुँ।' सहभागीका अनुसार शान्तिपूर्ण धर्ना अझै केहि समय चल्नेछ। यस विषयमा सा‌सदहरु अहिलेसम्म माैन बसेकाले अाफुहरु पनि मुखमा कालो पट्टी बाँधेर माैन प्रदर्शनमा उत्रिएकाे उनीहरुले बताए। प्रदर्शनकारीले छातीमा केसीको समर्थन अंकित नारा टाँसेका छन्। शिक्षण अस्पतालमा अनशन बसिरहेका डा‍ केसीकाे समर्थनमा अागामी शनिवार यसै स्थानमा जुलुसकाे अाव्हान यसअगावै गरिसकिएकाे छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people >100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments