Incident Reports

अख्तियार प्रमुखको विरोधमा अख्तियार अगाडि प्रदर्शन

2016-07-25

Bagmati, Kathmandu, Kathmandu

 अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्ध अख्तियारको टंगालस्थित कार्यालय अगाडि युवाहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनमा आईओएमका विद्यार्थीहरुसमेत सहभागी छन् । अख्तियारले मेडिकल शिक्षा क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको र मेडिकल शिक्षा क्षेत्रको विकृति अन्त्यको माग गर्दै अनशनरत डा. गोविन्द केसीलाई पालग भनेको विरोधमा युवाहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरु बाजागाजासहित उपस्थित छन् । प्रदर्शनकारीहरु डा. गोविन्द केसी अनशनस्थल शिक्षण अस्पतालबाट र्‍यालीसहित टंगाल पुगेका हुन् । मेडिकल क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको भन्दै डा. केसीले अख्तियार प्रमुख कार्कीविरुद्ध महाअभियोग लगाउनुपर्ने माग राखेका छन् । डा. केसीले १६ औं दिनमा आज अनशन तोड्दैछन् । कार्कीले काठमाडौं विश्वविद्यालयको मेडिकल प्रवेश परीक्षामा हस्तक्षेप गरेको भन्दै संसदको सुशासन समितिले अख्तियार अधिकारीलाई सोधपुछको बोलाइसकेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments