Incident Reports

सरकारी कार्यक्रम मोर्चा कार्यकर्ताले बिथोले

2016-07-26

स्थानीय तह पुनसंरचनासम्बन्धी कार्यक्रमलाई संघीय गठबन्धनका कार्यकर्ताहरुले बिथोलेका छन्। रौतहटको सदरमुकाम गौर नगरपालिकाको सभाकक्षमा सोमबार आयोजित कार्यशालालाई संघीय गठबन्धनका कार्यकर्ताहरुले विथोलेका छन्। स्थानीय तह पुनसंरचना प्राविधिक सहयोग समिति रौतहटद्वारा आयोजित जिल्ला स्तरीय परामर्श कार्यशाला गोष्ठीलाई गठबन्धनका कार्यकर्ताले सीमांकनको टुंगो नलागेसम्म यस्ता कार्यको कुनै औचित्य नरहेको भन्दै विथोलेका हुन्। समितिको कार्यालयले सोमबारदेखि विभिन्न चरणमा कार्यक्रम गर्ने सूची प्रकाशित गरेर कार्य आरम्भ गर्दा संघीय गठबन्धनका कार्यकर्ताहरुले मधेस विरोधी कार्यक्रम हुन नदिने तथा हिमाल, पहाड र तराईमा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका एक समान हुनुपर्ने माग गर्दै नाराबाजीसमेत गरेर कार्यकर्ताले कार्यक्रमलाई विथोलेका हुन्। संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य रेबन्त झाले जनता विरोधी ऐन कानुन ल्याएर जनता जनतालाई लडाउने कार्य गरेको तथा मधेसी शान्त बसेको बेला पुनः राज्य पक्षबाट लडाउने ऐनलाई नमान्ने भन्दै कार्यक्रम विथोलेको बताए। प्रहरी प्रशासनको बलमा ऐन कानुन ल्याएमा मुलुकमा ठूलो दुर्घटना हुने संकेत दिदै केन्द्रीय सदस्य झाले संविधानमा संशोधन एवं पुनर्लेखन नहुँदासम्म यस्ता कार्यक्रमहरुको औचित्य नभएको आरोप लगाएका छन्। तमलोपाका नेता अनिलकुमार सिंहले पुरानो सरकार ढलिसकेको अवस्थामा त्यसका अवशेषहरुद्वारा ल्याइएका मधेस विरोधी कार्यलाई मधेशी जनता कहिल्यै स्वीकार नगर्ने चेतावनी दिँदै ६ महिने मधेश आन्दोलनबाट अलिकति पनि राज्य सत्ताधारी मधेसको भावना बुझने कार्य नगरेकोमा त्यसका हरेक कार्यक्रमहरु विथोल्ने चेतावनी दिएका छन्। पुनसंरचना सहयोग समितिका संयोजक तथा स्थानीय विकास अधिकारी उमेश बस्नेतले कार्यक्रमको उद्देश्यमाथि चर्चा गर्दै २ नम्वर प्रदेशको रौतहटमा पहिलो पटक आयोजना गरिएको यसबाट जनताहरु लाभान्वित हुने तथा गाविसमा आउँदै गरेको बजेट गाउँ पालिकामा जाने बताएपछि गठबन्धनका कार्यकर्ताहरु कार्यक्रम विथोलेर जबरजस्ती कार्यक्रम स्थगित भएको सूचना स्थानीय विकास अधिकारी बस्नेतसँग बोल्न लगाए थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नरहरि बराल, नेपाल प्रहरीका एसपी गणेश रेग्मी, पुर्व स्वास्थ्य राज्य मन्त्री ब्रजकिशोर सिंह, पुर्व साँसद कृष्णाप्रसाद यादव लगायतका उल्लेख्य संख्यामा गठबन्धनका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। कार्यक्रम स्थलमा सुरक्षा निकायका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Program Interference/Obstruction
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) State-level authorities for (yet to be formed) provinces
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis