Incident Reports

कटुवा पेस्तोलसहित एक पक्राउ

2016-07-25

Province 1, Morang, Biratnagar

मोरङमा कटुवा पेस्तोलसहित एकजना पक्राउमा परेका छन्। विराटनगर–७ स्थित सरौंचियाबाट ३५ वर्षीय धर्मेन्द्र मण्डललाई कटुवा पेस्तोलसहित पक्राउ गरिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ। सोही ठाउँ बस्ने उनले आफ्नो किराना पसलमा प्लास्टिकमा पोको पारेर लुकाइराखेको अवस्थामा प्रहरीले सो पेस्तोल बरामद गरेको हो। पेस्तोलसहित पक्राउ परेका मण्डललाई थप अनुसन्धानका लागि वडा प्रहरी कार्यालय विराटनगरमा राखिएको छ।

0 Comments