Incident Reports

सुरक्षित बास माग्दै बाढी पीडितको प्रर्दशन

2016-07-31

Lumbini, Banke, Nepalgunj

सुरक्षित बसोबासको व्यवस्था मिलाउनुपर्ने माग गर्दै बाँकेका राप्ती बाढी पीडितले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन्। बाढी प्रभावित होलिया, बेतहनी, फत्तेपुर, बनकट्टी, गंगापुर र मटेहिया गाविसबाट ठूलो संख्यामा सदरमुकाम आएका पीडितले आइतबार दिउँसो सरकार विरुद्ध प्रर्दशन सहित कार्यालय घेराउ गरेका हुन्। लक्ष्मणपुर बाँध पीडित संघर्ष समितिको अगुवाईमा आएका पीडितले तत्काल सुरक्षित बसोबासको व्यवस्थाका साथै खेतीयोग्य जमिनको सुरक्षाका लागि तटबन्ध निर्माण, बाढीले क्षति पुर्याएका सडक पुनःनिर्माण गर्न पनि माग गरेका छन्। ‘सरकारले हामीलाई नेपाली नागरिक ठान्छ भने हाम्रो समस्या सम्बोधन गरोस,’ गंगापुर निवासी हेमकुमार यादवले भने। बाढी प्रभावित क्षेत्रमा कुनैपनि दलका नेता अहिले सम्म नपुगेको भन्दै उनले आक्रोश पोखे। बाढी पीडितको ज्ञापन पत्र बुझेपछि बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले बाढी प्रभवित ठाउँमा क्षतिको विवरण संकलन गर्ने काम भइरहेको बताए। गाविस सचिव, प्रहरी र रेडक्रसको टोलीले विवरण संकलन गर्न सुरु गरिसकेको जानकारी दिदै पन्थले भने, ‘विवरण संकलन पश्चात जुन परिवार जोखिम छ, उसलाई अस्थायी रुपमा सुरक्षित ठाउँमा बस्ने व्यवस्था मिलाउँछौं।’ स्थानीय स्तरबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखेको बताए । ‘कतिपय कुराहरु हामीले स्थानीय स्तरमा गर्न नसक्ने खालका पनि छन, त्यसको लागि केन्द्रमा सिफारिस गरिसकेका छौं,’ पन्थले थपे। स्थानीय प्रशासनको आश्वासन पाएपछि फर्केका बाढी पीडितले एक हप्ताभित्र सुरक्षित बसोबासको व्यवस्था नगरिए पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन् । भारतले अन्र्तराष्ट्रिय नियम विपरित दसगदा क्षेत्रमा निर्माण गरेको लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धले राप्ती नदी र अन्य खोलानालाको पानीको निकास थुन्दा वर्षेनी आधा दर्जन बढी गाविस डुबानमा पर्ने गरेका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 200
Actor 1 - Affiliations Group of civilians (only Target)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments