Incident Reports

गाविसको हिसाव माग्दा महिला नेतृ कुटिइन्, मानवअधिकार आयोगमा उजुरी

2016-08-02

Madhes, Rautahat, Gadhimai

गाविसमा आएको रकमको हिसावकिताव माग्दा रौतहटको समनपुरमा महिला नेतृ कुटिएकी छन् । घटनाबारे छानविनको माग गर्दै पीडित परिवारले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन् । साउन १८ गते भएको भेलामा स्थानीय महिलाहरुले समनपुर गाविसमा महिलाहरुको लागि आएको बजेटबारे खोजबिन गरेका थिए त्यसक्रममा गाविस सचिव र सहायक लेखापाल समेतको समूहले पूर्ववडाध्यक्ष रामसखी देवी साहलाई गम्भीर घाइते हुने गरी कुटपिट गरेका छन् । सरकारले गाविसमा पठाएको बजेटका बारेमा महिला समूहले सोधखोज गरेपछि विवाद शुरु भएको थियो । महिलाहरुले हालसम्म गाविसमा आएको बजेट, वृद्धा भत्ता तथा महिलाहरुको शिर्षकमा आएको रकम र खर्च पारदर्शी बनाउन माग गरेका थिए । हिसाब किताब माग्ने महिला रामसखी देवीलाई गाविस सहायक सचिव नागेन्द्र यादव र सहायक लेखापाल कामेश्वर सहनि सहितको समूहले कुटपिट गर्दा उनको नाक र टाउकोमा गम्भीर चोट लागेको थियो । घाइते महिलालाई थप उपचारको लागि थापाथलिीस्थित नर्भिक अस्पतालमा पुर्‍याइएको छ । गाउँको सशक्तीकरण महिला समूहको अध्यक्ष समेत रहेकी रामसखीले महिलाका लागि आएको बजेट महिलालाई नै उपलब्ध गराउनु पर्ने माग गर्दा गाविसका कर्मचारीहरुले कुटपिट गरेको उनका छोरा अशोकले बताए । आफ्नो अधिकारका विषयमा आवाज उठाउँदा नेपाल सरकारको कर्मचारीले नै कुटपिट गरेकाले दोषीलाई तुरुन्त कारवाही गर्नु पर्ने परिवारजनको माग रहेको छ । घटनाका बारेमा छानबिन गर्न मानवअधिकार आयोगको केन्द्रीय कार्यालय काठमाडौंमा समेत उजुरी दर्ता गराएका छन् । आयोगका अनुसार क्षेत्रिय कार्यालय जनकपुरलाई छानबिन गर्ने जिम्मा दिइएको छ । घटना पश्चात प्रहरीले सहायक लेखापाल कामेश्वर सहनीसमेत चार जनालाई पक्राउ गरेको छ । उनीहरुमाथि सार्वजनिक मुद्धा दायर गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका नायब उपरिक्षक नविन कृष्ण भण्डारीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Other state institutions
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Women's Rights Activists
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments