Incident Reports

गाविस कार्यालयमा भूकम्पपीडितको ताला

2016-08-16

Bagmati, Sindhuli, Hariharpurgadhi

लालपुर्जाविहीन भूकम्पपीडितले अनुदान सम्झौता गर्न नपाउने भएपछि जिल्लाको महेन्द्रझ्याडी गाविसका पीडितले गाविस कार्यालयमा तालाबन्दी गरेका छन् । लाभग्राही सूचीमा परेका गाविसका करिब ५० प्रतिशत पीडितसँग लालपुर्जा नभएका कारण सरकारले दिने अनुदान रकमको सम्झौता गर्न नपाएपछि आक्रोशित स्थानीयले तालाबन्दी गरेका हुन् । पीडितले लगाएको ताला प्रहरी चौकी झ्याडीबाट गएको प्रहरीको टोलीले फुटाएको थियो । तर, स्थानीयले पुन: तालाबन्दी गरेपछि अनिश्चितकालका लागि अनुदान सम्झौता रोकिएको स्थानीयवासी तथा एमाले वैकल्पिक केन्द्रीय सदस्य कमलजंग राईले बताए । सो गाविसबाट लाभग्राही सूचीमा तीन सय ३५ भन्दा बढीको नाम समावेश छ । जिल्ला दैवीप्रकोप उद्धार समितिले उपलब्ध गराएको रातोकार्ड पाउनेको संख्या भने नौ सयभन्दा बढी रहेको राईले बताए । स्थानीयको मागका सम्बन्धमा जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी, जिल्लाका राजनीतिक दलका प्रमुख र अन्य सरोकारवाला निकायका व्यक्ति पुगी लालपुर्जाविहीन र छुटेका पीडितलाई पनि राहत दिलाउने प्रतिबद्धता जनाएपछि मात्र तालाबन्दी र अवरोध हटाउने स्थानीयको भनाइ छ । लाभग्राहीको सूचीमा छुटे पनि सरकारले गुनासो फारममार्फत पीडितको गुनासो सम्बोधन गर्ने भनेको भए पनि हालसम्म गुनासोको सम्बोधन हुन नसकेको भन्दै पीडितहरू आक्रोशित बनेका छन् । यस सम्बन्धमा बुझ्न खोज्दा गाविससचिव राघवप्रसाद उपाध्यायसँग सम्पर्क हुन सकेन । यता, जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्की भने महेन्द्रझ्याडीमा देखिएको समस्या त्यहाँको मात्र नभएर देशभरकै भएकाले आफूहरूले यस सम्बन्धमा पुनर्निर्माण प्राधिकरणमा जानकारी गराइसकेको बताए । प्राधिकरणबाट हालसम्म कुनै निर्देशन नआएको उनको भनाइ छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Weapons None
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments