Incident Reports

प्रहरी चौकीमा स्थानीयको आक्रमण, तीन घाइते

2016-08-20

Karnali, Humla, Kharpunath

हुम्लाको सिमपुरमा रहेको प्रहरी कार्यालयमा स्थानीयबासीले आक्रमण गर्दा दुई प्रहरी जवानसहित तीन जना घाइते भएका छन् । सिमपुरमा लाग्ने साउने पूर्णिमा मेलामा भएको घटनाको विषयलाई लिएर स्थानीयबासी प्रहरी चौकीमा पुगेका थिए । त्यहाँ भएको झडपमा दुई महिला प्रहरी जवान घाइते भएका छन् । गाउँलेसँगको प्रतिकारमा प्रहरी जवान राधा वली र अञ्जना रोकाया घाइते भएका छन् । त्यस्तै स्थानीय किस्मती रोकाया पनि घाइते भएकी छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । मेलाको अवसरमा आयोजित देउडा गीत प्रतियोगिताका क्रममा शनिबार राति कार्यक्रम स्थल पुगेका गोरख रोकायाले रक्सी पिएर गएको तथा महिलाहरुलाई जिस्काएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरी नियन्त्रणका क्रममा रोकायालाई प्रहरीले कुटपिट गरेको भन्दै स्थानीयले प्रहरी बिटमा प्रदर्शनसहित आक्रमण गरेका हुन् । रोकायाको जिल्ला अस्पतालमा उपचार गरी थप उपचारका लागि नेपालगन्ज पठाइएको छ । कार्यक्रममा आएका उनलाई प्रहरीले नियन्त्रणमा लिएर कुटपिट गरेको भन्दै प्रहरी ज्याजति बन्द गर्न माग राख्दै स्थानीयबासी प्रदर्शनमा उत्रिएका हुन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Weapons Unclear
Primary Cause Extra-judicial response to crime
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
Total Injured 3
Female Injured 3

0 Comments