Incident Reports

तीन लाख घुससहित सवइन्जिनियर श्रेष्ठ पक्राउ

2016-08-21

Bagmati, Kathmandu, Kathmandu

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन लाख रुपैयाँ घुससहित काठमाडौँ महानगरपालिकाका– ३ का सवइन्जिनियर दिनेश श्रेष्ठलाई आज पक्राउ गरेको छ। आयोगका प्रवक्ता गणेशराज कार्कीका अनुसार सवइन्जिनियर श्रेष्ठले घर निर्माण सम्पन्न प्रमाणपत्र बनाइदिने प्रयोजनका लागि एक सेवाग्राहीसँग महाराजगन्जस्थित रेस्टुराँबाट घुस रकमसहित पक्राउ गरिएको हो । सवइन्जिनियर श्रेष्ठले घुस मागेको भन्ने सूचनाका आधरामा पुगेको आयोगको टोलीले पक्राउ गरी थप अनुसन्धान जारी राखेको बताइएको छ ।

0 Comments