Incident Reports

गोली सहित पक्राउ

2016-08-25

Madhes, Sarlahi, Malangawa

भारत सितामढी सोनबर्सा–१४ बस्ने २१ बर्षीय सेखर सुमन सहित ५ जनालाई प्रहरीले एसएलआरको गोली १ राउण्ड र थ्रिनटथ्रि राईफलको गोली १ राउन्ड तथा नगद २० हजार ३ सय ३० रुपैयाँ सहित पक्राउ गरेको छ । प्रहरी चौकी त्रिभुवननगर र सशस्त्र प्रहरी वलबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई विहिबार राति त्रिभुवननगर गाविस–४ झिमपुल नजिकबाट उक्त गोली र नगद सहित पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments