Incident Reports

हतियार तथा बिष्फोटक पदार्थ सहित पक्राउ

2016-08-29

Bagmati, Nuwakot, Kispang, Ward 4

साल्मे–९ बस्ने ३५ वर्षीय होम्बा तामाङलाई प्रहरीले भरुवा बन्दुक र बन्दुक बनाउन प्रयोग हुने विभिन्न सामग्रीहरु सहित पक्राउ गरेको छ । तामाङले आफ्नै घरमा हतियार बनाउने गरेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय नुवाकोट र प्रहरी चौकी किम्ताङबाट सोमबार खटिएको प्रहरी टोलीले उनको घर तलासी गर्दा एकनाले भरुवा बन्दुक १ थान, बन्दुकमा प्रयोग हुने पाईप १२ थान, वल्डिङ गर्ने रड १ पोका, बारुद १ सय ग्राम, गुच्चा १२ थान, आरा २ थान, प्वाल पार्ने मेसिन ३ थान, हतियारमा प्रयोग हुने बल्टु २ थान र काठको डमी राईफल १ थान बरामद भएको थियो ।

0 Comments