Incident Reports

आफ्नो क्लिनिकमा जाँच नगराएको भन्दै सरकारी चिकित्सकद्धारा प्रसुती गराउन अस्वीकार

2016-09-02

Madhes, Saptari, Belhi Chapena, Ward 2

दीपा यादवले झुटकी ७ की रुक्मिणीदेवी यादवलाई प्रसूति गराउन नमानेपछि तनाव भएको हो । गर्भवती भएका बेला आफ्नो निजी क्लिनिकमा जाँच नगराएको भन्दै डा. दीपाले प्रसूति गराउन अस्वीकार गरेको रुक्मिणीका आफन्तले बताए । यस्तै पेट दुखेको बिरामी लिएर भारतबाट आएकी एक महिलालाई पनि डाक्टरले थप्पड हानेपछि दिनभर अस्पताल परिसरमा तनाव भएको थियो । रुक्मिणीलाई व्यथा लागेपछि परिवारले बुधबार साँझ अस्पताल ल्याएका थिए । पति सन्तोषकुमारका अनुसार अस्पतालमा प्रसूति गराउन आउँदा डा. दीपाले पुरानो पुर्जा हेर्दै झपारेकी थिइन् । रुक्मिणीलाई गर्भवती अवस्थामा बिहारको दरभंगास्थित अस्पतालमा स्वास्थ्य जाँच गराइएको थियो । ‘दरभंगामा जचाएर यहाँ प्रसूति गराउन आउने भनेर झपारिन्,’ सन्तोषले भने, ‘दरभंगामा जाँच गराएको हो भने पटना गएर प्रसूति गराउन भनियो ।’ गर्भवती भएको प्रारम्भिक समयमा डा. दीपा सँगै जाँच गराएकी थिइन् । तर, रक्त स्राव नरोकिएपछि उपचारका लागि दरभंगा लगेको सन्तोषले बताए । आफ्नै ठाउँमा अस्पताल रहेकाले प्रसूति गराउन भने राजविराजमै ल्याएका थिए । ‘बिहीबार अत्यधिक प्रसव पीडामा थिइन्,’ सन्तोषले भने, ‘डाक्टरलाई हेरिदिन आग्रह गर्दा दरभंगामा जाँच गराएको हो भने पटनामा गएर प्रसूति गराउन भनिन् ।’ रोइकराइ गरेपछि आक्रोसित हुँदै डा. दीपाले धेरै कर गरे शल्यक्रिया गरिदिन्छु भन्दै धम्क्याएको आरोप उनले लगाए । रुक्मिणीले सामान्य अवस्थामा छोरीलाई जन्म दिएकी छन् । उनलाई अरू नै स्वास्थ्यकर्मीले सेवा दिएका थिए । यस्तै डा. दीपाले भारतीय बिरामीका कुरुवालाई थप्पड हानेपछि तनाव भएको छ । बिहारको छातापुर सुब्बा टोलबाट बहिनीको उपचारका लागि आएकी बसेरुन खातुनले थप्पड खाएकी हुन् । ‘डाक्टर सापलाई बिरामीको अवस्था र कति बेला डिस्चार्ज हुन्छ भनेर सोध्न गएकी थिएँ,’ उनले भने, ‘सोध्ने बित्तिकै गालामा थप्पडले हाने ।’ डा. दीपा यादवले दुबै घटनामा बिरामीका आफन्तले भनेजस्तो केही नगरेको दाबी गरिन् । आफूलाई अनावश्यक आरोप लगाइएको उनको भनाइ छ । मेडिकल सुपरिटेन्डेन्ट डा. दिलिपकुमार साहले अस्पतालमा सबैको अधिकार बराबर रहेकाले कुनै पनि बिरामीमाथि अभद्र व्यवहार हुन नहुने बताए । उनले दुबै घटनाबारे जानकार नरहेको बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Banishment/shunning
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments