Incident Reports

भैरहवामा प्रदर्शन सहित बिरोध सभा

2016-08-31

Lumbini, Rupandehi, Siddharthanagar

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी मओबादी) जिल्ला समिति रुपन्देहीले भैरहवामा प्रदर्शन सहित बिरोधसभा सम्पन्न गरेको छ। पार्टी केन्द्रिय समितिले घोषणा गरेको संघर्षका कार्येक्रम अन्तर्गत पार्टीले बुधबार रुपन्देहीको भैरहवामा बिरोधसभा गरको हो। बिरोध सभामा बोल्ने व्यक्तिहरुले उचित बेवास्था नगरिकन हटाउन नहुने जोड दिएका थिए। उनीहरुले वैज्ञानिक बसोबासको व्यवस्था गरी सुकुम्बासी समस्या समाधान गर्ने सरकार संग आग्रह गरेको थियो। कार्येक्रममा नेकपा क्रान्तिकारी माओबादी रुपन्देहीका संयोजक भुल बहादुर सुनारी मगर, पार्टी नेता तिपू सुल्तान, अखिल नेपाल किशन संघ क्रान्तिकारीका केन्द्रिय सदस्य बिनोद मरासिनी, मुजिब अली लगाएतले बोलेका थिए। भैरहवाको बर्मेलीटोलमा रहेको पार्टी जिल्ला कार्यालय बाट र्याली सुरु भई भैरव बजार परीक्रमा पछि जिल्ला प्रशासन कार्यालय अगाडी पुगेर बिरोध परिणत भएको थियो। सरकारले सुकुम्बासीको उचित व्यवस्थापन नगरिकन डोजर लगाएर उठाउने धान-खेतिमा डोजर लगाउने, सुकुम्बासी बस्तिमा आगजनी गर्ने जस्ता कार्य गरेको बिरोधमा पार्टीले रुपन्देहीको भैरहवामा बिरोध सभा गरेको जनाएको छ। त्यस्तै पार्टीले भदौ २४ गते बुटवलमा प्रदर्शन सहित बिरोध सभा गर्ने जनाएको छ। राष्ट्रिय स्वाधीनताको रक्षा र अपर कर्लानीको बिरोध सभा गर्न लागेको बताए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Access/control of public land
Actor 1 - Number of people 50
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown

0 Comments