Incident Reports

विष्फोटक पदार्थ बरामद

2016-09-07

Sudurpashchim, Kailali, Dhangadhi

धनगढी नगरपालिका–१४ त्रिबेणीघाट स्थित नेपाल भारत सिमा नजिकबाट प्रहरीले विष्फोटक पदार्थ ५ किलो ५ सय ग्राम गन्धक र ९ किलो ५ सय ग्राम सोडा बरामद गरेको छ । अस्थाई प्रहरी पोष्ट जुगेडाबाट मंगलबार गस्तीमा खटिएको प्रहरी टोली उक्त स्थानमा पुग्दा बिष्फोटक पदार्थ बोकेका व्यक्तिले प्रहरीलाई टाढैबाट देख्नासाथ उक्त विष्फोटक पदार्थ भएको झोला नेपालतर्फ छोडेर मोहना नदी तरी भारतको जंगलतर्फ भागेका थिए । फरार ब्यक्तिको खोजतलास गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments