Incident Reports

विद्युत कटौती विरुद्ध उपभोक्ताको आक्रोश

2016-08-29

Lumbini, Banke, Nepalgunj

नेपालगंज १३ भदौ : अनगिन्ती रूपमा बिधुत कटौती हुन थालेपछि उपभोक्ता आक्रोश भएका छन् । आक्रोश स्वरूप उपोभोक्ताले सोमबार सरकारविरुद्ध नेपालगंजमा प्रदर्शन गरे । उपभोक्ताले स्वत : स्फुर्त संगठित भएर प्रदर्शन गर्नुका साथै बिधुत प्राधिकरण नेपालगंज वितरण केन्द्रमा पुगेर नारावाजी सहित कार्यालय घेराउ गरेका थिए । आक्रोशित उपभोक्तालाई सान्त्वना दिनुको साटो प्राधिकरण नेपालगंज वितरण केन्द्रका प्रमुख उमेशकुमार झाले आफुहरुलाई गुण्डाको संज्ञा दिदै विधुत नभए जेनेरेटर प्रयोग गर्नुपर्ने अभिव्यक्ति दिएको भन्दै उपभोक्ताहरु झनै आक्रोशित भएर सडकमा निस्केका थिए । आक्रोशित उपभोक्ताहरु नाराबाजी गर्दै धम्बोझी चोकमा पुगेर करिव एक घण्टा सडक अवरुद्ध गरेका थिए । आन्दोलनलाई मध्यनजर गर्दै प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका थिए । अवरुद्ध सडकलाई सुरक्षाकर्मीको सहयोगमा खुलाइएको थियो । भारतको नानपारास्थित सव-स्टेशनबाट आयात गरिएको बिधुत नेपालगन्जमा वितरण गरिदै आएको छ । तर, भारतीय बिधुत नियमित नहुँदा नेपालगन्जबासीले गर्मीयाममा हरेक वर्ष कष्टकर जीवन बिताउनु परेको छ । भारतसंग सुरुमा ५ मेघावाटको सम्झौता भएपनि मौखिक अनुरोधमा १० देखि १२ मेघावाट बिधुत दैनिक रूपमा आयात हुने गरेको छ । पछिल्लो समयमा नेपालगन्ज क्षेत्रमा दैनिक २० मेघावाट बिधुत आवश्यक परिरहेका बेला भारतीय पक्षले प्राविधिक कारण देखाउदै पटक-पटक लाइन काट्दा समस्या जनजीवन कष्टकर बनेको हो । भारतीय पक्षले लाइन मर्मतका नाममा विगत ४ दिन देखि लाइन बिधुत दिएको छैन । स्वदेशी लाइन नजोडिनु, भरपर्दो नहुनु र भारतीय पक्षले मर्मतका नाममा लाइन काट्नुले नेपालगन्जमा लोडसेडिङ दैनिक १६ घण्टा भन्दा बढी गर्नुपरेको नेपाल बिधुत प्राधिकरण नेपालगन्ज वितरण केन्द्र प्रमुख उमेशकुमार झाले बताए । उनले भने , 'पावर ट्रान्सफर्मर फेर्नका लागि केहीदिन सम्म बिधुत नाउने जानकारी भारतीय पक्षले दिएको छ , स्वदेशी लाइन भरपर्दो छैन , उपभोक्ताको आक्रोश हामीमाथि छ ।' बिधुत कटौतीका कारण सर्वसाधारणको दैनिकी कष्टकर हुनुका साथै यहाँका उद्योग, कलकारखाना, संचार मध्यम प्रभावित भएका छन् । उपभोक्ताहरु भने बिधुत प्राधिकरणकै व्यवस्थापकिय कमजोरीले गर्दा घण्टौं समय लोडसेडिङ हुने गरेको आरोप लगाएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 40
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown

0 Comments