Incident Reports

माग पूरा नभएसम्म महिलाको शव जिम्मा नलिने

2016-09-04

Province 1, Khotang, Rupakot Majhuwagadhi, Ward 1

गर्भपतन गराएकी महिलाको मृत्यु भएपछि मृतकका आफन्तले तीन बुँदे माग राखेर आन्दोलन थालेका छन्। शल्यक्रियामार्फत गर्भपतन गराएकी धितुङ-७ कि ४३ बर्षीय टल कुमारी राईको आइतबार मृत्यु भएपछि मृतकका आफन्तले दोषीलाई कारबाही, मृतक परिवारलाई उचित क्षतिपूर्ति र आश्रित परिवारलाई रोजगारीको माग राखेर आन्दोलन थालेका हुन्। मृतकका आफन्तले आन्दोलन थालेपछि जिल्ला अस्पताल खोटाङ तनाबग्रस्त बनेको छ। सोही विषयलाई लिएर प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले सम्बन्धित पक्षलाई छलफलका लागि अहिले जिल्ला प्रशासन कार्यालयमा बोलाउनु भएको छ। सात सन्तानकी आमा टल कुमारीले चिकित्सककै सल्लाहमा भाद्र-१६ गते जिल्ला अस्पताल खोटाङ आएर तीन महिनाको गर्भपतन गराएकी थिईन। अस्पतालका चिकित्सक सन्तोष साहले जबरजस्ती शल्यक्रिया गरेर गर्भपतन गरिदिएकाले टल कुमारीको मृत्यु भएको उनका आफन्तको आरोप छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown

0 Comments