Incident Reports

धादिङ विद्युत कार्यालय प्रमुख पक्राउ, विरोधमा जिल्लाभर लाइन काटियो

2016-09-21

Bagmati, Dhading, Nilakantha

वन क्षेत्र मिचेर बनाइएका घरहरुको लाइन नकाटेको भन्दै नेपाल विद्युत प्राधिकरण धादिङ शाखा प्रमुखलाई जिल्ला प्रशासन कार्यालयले केहीबेर नियन्त्रणमा लिएको छ । विद्युत प्राधिकरण धादिङ शाखा प्रमुख सत्यनारायण गामीलाई बुधबार नियन्त्रणमा लिएर तारेखमा छाडिएको छ । गामीलाई नियन्त्रणमा लिइएको विरोधमा प्राधिकरणका कर्मचारीहरुले जिल्लाभर लाइन काटेर विरोध जनाएका छन् । पूर्वजानकारीविना एक्कासी लाइन काटिएपछि स्थानीय मर्कामा परेका थिए । धादिङको निलकण्ठ नगरपालिकाको अमरावती सामुदायीक वन मिचेर बनाइएका घरहरुमा विद्युत लाइन काट्न गत साउन ३० गते जिल्ला वन कार्यालयले प्राधिकरणलाई निर्देशन दिएको थियो । सोही विषयमा असोज २ गते जिल्ला प्रशासन कार्यालयले पनि प्राधिकरणलाई पत्र काटेको थियो । सो निर्देशन अटेर गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले बुधबार केहीबेर प्राधिकरण प्रमुख गामीलाई नियन्त्रणमा लिएर छाडेको हो। जिल्ला वन कार्यालय प्रमुख इमनाथ पौडेलले प्राधिकरण प्रमुख गामीलाई साधारण तारेखमा छाडिको अनलाइनखबरलाई जानकारी दिए । गामीलाई छाडेलगत्तै प्राधिकरणले पनि विजुलीको लाइन पुनः सुचारु गरेको छ । प्राधिकरण प्रमुख गामीका अनुसार वन कार्यालयको पत्रबारे क्षेत्रीय निर्देशनालयलाई जानकारी गराइएको थियो । तर, क्षेत्रीय निर्देशनालयले तत्काल लाइन नकाट्न र थप अध्ययन गरेर कारबाही गर्न भनेकाले आफूहरुले नकाटेको उनले बताए । वन क्षेत्रको जग्गा मिचेर रेडियो धादिङ, योग शिविर र सहयात्री समाजसहित दुई एनजिओ बसेका छन् । रेडियो धादिङमा एमाले सांसद राजेन्द्र पाण्डेको लगानी छ । ति कार्यालयहरुमा प्राधिकरणले विद्युत लाइन नकाट्नुमा आर्थिक चलखेल हुनसक्ने वन कार्यालयका कर्मचारीहरु बताउँछन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Weapons None
Primary Cause Other governance issues
Secondary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Other state institutions
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Dhading

0 Comments