Incident Reports

कर्मचारी हत्याको विरोधमा स्थानीय निकाय ठप्प

2016-09-21

शरणामती गाविस-५ का ४२ वर्षीय यामनाथ रिजालको असोज ५ गते भएको हत्याको विरोधमा कर्मचारीहरूले असोज ६ गते जिल्लाका सबै स्थानीय निकायहरूमा कामकाज ठप्प पारेका छन् । उनी शरणामती गाविसमा लेखापालका रूपमा कार्यरत थिए । स्थानीय निकाय कर्मचारी सङ्घ नेपाल जिल्ला कार्य समिति झापाको आह्वानमा झापाका सबै नगरपालिका र गाविसहरूमा कर्मचारीहरूले कामकाज नगरेको सङ्घले जनाएको छ । कर्मचारी सङ्घका जिल्ला सचिव डिल्लीराम नेपालद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनताको घरदैलोमा पुगेर सेवामा अहोरात्र खटिने राष्ट्रसेवक कर्मचारीको हत्याले असुरक्षा महसुस भएकाले चाँडो भन्दा चाँडो हत्याराको पत्ता लगाई कानुनी कारबाहीका लागी प्रशासनसँग माग गरिएको छ । कार्यालयको कामको सिलसिलामा ०७३ असोज ४ गते जिल्ला विकास समिति झापा पुगेर फर्केका शरणामती गाविसका लेखापाल रिजालको शव असोज ५ गते बिहान कन्काई नगरपालिकाको चप्रामारी सडक किनारामा फेला परेको थिए । मृतक रिजालको हत्या गरेर फालेको हुन सक्ने आशङ्का प्रहरीले गरेको छ । प्रारम्भिक अनुसन्धानमा हत्या गरेर फालेको हुनसक्ने देखिएपनि यसको गहन अध्ययन नगरी थप प्रतिक्रिया दिन नसकिने जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी मोहन शर्माले वताएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Other governance issues
Secondary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 300
Actor 1 - Affiliations Other state institutions
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown
INSEC , Local Newspaper - Morang , National/Online Media

0 Comments