Incident Reports

जीविस बारामा तालाबन्दी

2016-09-03

Madhes, Bara, Kalaiya

जिल्ला विकासको कार्यालय बारामा अनिश्चित कालका लागि तालाबन्दी गरिएको छ । राजनीतिक दलसंग भद्र १८ गेट बसेको बैठकमा स्थानिय विकास अधिकारी नारायण पाण्डे बैठक छोडी पटक पटक वाहिर गएको गरे पछि एकाएक बैठक छोडी गएर आफुलाई अपमानित गरेको भन्दै आक्रोशित राजनैतिक दाल्हारुले तालाबन्दी गरेका हुन् । उनीहरुले घटनाप्रति खेद समेत प्रकट गरेका छन् । राजनीतिक दाल्हारुले श्रवन ४ गते आफुहरुले गरेको निर्णय अनुसार कार्यालय भित्र रहेको साना ठुलो गाडीहरु र करारका कर्मचारीहरुको विषयमा समितिले गरेको छानविन प्रतिवेदन प्रस्तुत गरि छलफल पछि निर्णय कार्यन्वयन नहुन्जेलसम्म तालाबन्दी कायम राख्ने जनाएका छन् । जिविस कार्यालय भित्रका लेख शाखा, प्रसाशन शाखा यसैगरी सूचना तथा सामाजिक विकास साख र स्थानिय विकास आधिकरिको कार्य कक्षमा समेत ताला लगाएको प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन् । विज्ञप्तिमा नेकपा माओबादी केन्द्रका श्याम किशोर यादव, राप्रपा नेपालका राजनारायण साह, तमलोपाका श्याम प्रसाद गुप्ता, संघिय समाजवादी पाटीका रामबाबु कुमार यादव, फोरम लोकतान्त्रिकका ओम प्रकाश चौधरी, नेपाल सद्भावना पार्टीका महेन्द्र मण्डल, नेपाल मजदुर किसान पार्टीका मुक्ती यादव, संग्लोरा मंचका सुवास प्रसाद चौधरी, जनएकता पार्टीका मॊलाजिम मीयाँ र संघिय राष्ट्रिय जनमुक्ति पार्टीका राजवंसी चौधरी लागायत विभिन्न पार्टीका जिविस प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown

0 Comments