Incident Reports

बढी कर लिएको विरोधमा चक्काजाम

2016-09-25

Madhes, Parsa, Sakhuwa Prasauni

देउखाना गाविसको कर्बोला चोकमा ट्याक्टर चालकले चक्काजाम गरी यातायात ठप्प पारेका थिए । भलुवाही खोलाको ठेक्का लिएका ठेकेदार उमेश साह तेलीले बालुवा लोड भएको ट्याक्टरसँग प्रतिपूर्जी रु ६०० र ढुङ्गा बोकेको ट्याक्टरसँग प्रतिपूर्जि रु ७०० को दरले रकम असुलेको भन्दै ट्याक्टर चालकले ६ घण्टासम्म यातायात अवरुद्ध गरेका हुन् । जिविस पर्साले ७३/०७४ को लागि पर्साको भलुवाही खोला रु १ करोड १६ लाखमा ठेक्का लगाएको थियो । ठेक्का अनुसार बालुवा र ढुङ्गाको प्रतिपूर्जी रु ४ प्रतिघनफिट र भ्याट जोडेर प्रतिट्याक्टर १०० घनफिट बालुवा लोड गर्न सकिन्छ । प्रतिट्याक्टर १०० घन फिटको रु ४ को दरले रु ४०० र १३ प्रतिशत भ्याट जोडेर रु ४५२ लाग्ने जिविसले जनाएको छ तर ठेकेदार उमेश साहले मनपरी रकम असुल गरेको भन्दै ट्याक्टर चालकहरूले चक्काजाम गरेका हुन् । इप्रका पटेर्वा सुगौलीको टोली र ठेकेदार साहबीच निर्धारित दरभन्दा बढी पूर्जी नकाट्ने सहमति भएपछि ट्याक्टर चालकले बाटो छोडेको देउरवाना निवासी जाकिर हुसैनले बताए । यस विषयमा स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्यालसँग सोध्दा तोकिएको मूल्यबन्दा बढी पूर्जी काट्न नमिल्ने बताए । उनले बालुवा र ढुङ्गाको दर फरक नभएको पनि प्रतिक्रिया दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Road block
Primary Cause Access/control of other natural resources (forest, minerals)
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth unknown
National/Online Media

0 Comments