Incident Reports

Lumbini hospital tensed following the death of patient

2016-09-29

Lumbini, Rupandehi, Butwal

Lumbini zonal hospital tensed following the death of patient on Thursday. Narayani Khanal,32, from Farsatikar-3, of Rupandehi who was admitted to a lumbini hospital for the treatment of snake bite and was declared death around 7 am on Thursday. Deceased family have blamed the negligence for the cause of death. Deceased family blamed that after 4 hours of her declaration to death, deceased moved her legs and drop some tears from her eyes and pee around 11 am. Following the incident deceased family protest against the hospital administration and have demanded compensation and action against the doctors who where involved in the treatment. But the doctors have denied the blame and said that she died because her body parts were not functioning due to extremely dangerous snake poison and its normal to see some movement and pee after the death because sometimes the cell is alive even after the death. बिरामी जीवित छँदै चिकित्सकले मृत घोषणा गरेको आरोप लगाउँदै आफन्त प्रदर्शनमा उत्रँदा बिहीबार लुम्बिनी अञ्चल अस्पताल दिनभर तनावग्रस्त हुन पुग्यो । सर्पले डसेर गम्भीर अवस्थामा ल्याइएकी रूपन्देही, फर्साटिकर ३ की ३२ वर्षीया नारायणी खनाललाई अस्पतालले बिहीबार बिहान ७ बजे मृत घोषणा गरेको थियो । मृत घोषणापछि महिलाले बिहान ११ बजेतिर खुट्टा चलाएको, आँसु निकालेको र पिसाब फेरेको भन्दै आफन्त अस्पतालविरुद्ध खनिएका हुन् । उनीहरूले पीडितलाई क्षतिपूर्ति र सम्बद्ध चिकित्सकलाई कारबाही माग्दै अस्पताल प्रशासनविरुद्ध नाराजुलुससहित प्रदर्शन गरे । अस्पतालले भने मुख्य अंगको मृत्युपछि पनि त्यसका सेल जीवितै रहने भएकाले हातखुट्टा चल्नु वा पिसाव निस्कनु सामान्य भएको दाबी गरेको छ । कडाखाले विष शरीरभरि फैलिसकेकाले महिलालाई २७ भाइल एन्टी स्नेक भेनम चढाउँदा पनि बचाउन नसकिएको चिकित्सकले जनाएका छन् । विरोध प्रदर्शनले उपचारसेवा प्रभावित भएपछि अपराह्न प्रहरी लगाएर भीड हटाइएको थियो । आफन्त जीवलाल पराजुलीका अनुसार बुधबार साँझ खनालको दाहिने खुट्टामा करेत सर्पले टोकेको थियो । उनलाई आफन्तले साँझ ६ बजे अस्पताल ल्याएका थिए । अस्पतालमै राति ११ बजेतिर उनी बेहोस भएकी थिइन् । बेहोस भएपछि चिकित्सकले उपचारमा बेवास्ता गरेको आफन्तको आरोप छ । मृत घोषणाको झन्डै ४ घण्टापछि आँसु आउने, पिसाब फेर्ने र खुट्टा चल्ने भएपछि आफन्तले एम्बुलेन्समा चितवनको भरतपुर अस्पताल लगेका थिए । भरतपुरस्थित अस्पतालले पनि मृत घोषणा गरेपछि शव फर्काएर लुम्बिनी अस्पतालमै ल्याइएको छ । दुई वर्षे जुम्ल्याहा छोराछोरी रहेका महिलाका पति वैदेशिक रोजगारीमा छन् । आफन्तको विरोधपछि अस्पतालले छानबिन समिति गठन गरेको छ । अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मीका अनुसार अस्पताल व्यवस्थापन समिति अध्यक्ष डा. प्रायश्चित श्रेष्ठ संयोजक रहेको समितिमा पीडितका तर्फबाट यमनिधि न्यौपाने र जीवलाल पराजुली तथा अस्पतालका डा. बद्रीप्रसाद नेपाल र प्रकाश बुढाथोकी सदस्य छन् । समितिको प्रतिवेदनका आधारमा क्षतिपूर्ति वा कारबाही प्रक्रिया थाल्ने सूचना अधिकृत रेग्मीले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Rupandehi

0 Comments