Incident Reports

No translation available.

2016-09-08

Bagmati, Makawanpur, Hetauda, Ward 10

शिक्षक कर्मचारीले आफ्नो सेवासुविधा वृद्धिको माग राखेपछि हेटौडा-१० स्थित तुलसीमेहर मेमोरियल उच्च माविले आज बिहिवार देखि विद्यालय अनिश्चितकालका लागि बन्द गरेको छ। शिक्षक कर्मचारीले करिब १ महिनाअघि लिखितरुपमा मवि तहका लागि मासिक २५ हजार, निम्नमाध्यमिक तहका लागि १७ हजार र प्राथमिक तहका लागि १५ हजार तलब माग गरेर निवेदन पेश गरेका थिए। तर, विद्यालयले कुल मासिक शुल्क ६० प्रतिशत रकम शिक्षक कर्मचारी तलबमा खर्च गर्ने निर्णय भए पनि उक्त निर्णय उपर पुनरावलोकन गर्ने शिक्षक कर्मचारीले अर्को निवेदन दिएपछि विद्यालयले बुधबार विद्यार्थीको हातमा अभिभावकलाई पत्र पठाएर उक्त समस्या समाधान नभएसम्मक लागि विद्यालय बन्द गरिएको जानकारी गरिएको हो। विद्यालयले शिक्षक औपचारिक जानकारीबिना कक्षा पठनपाठन बन्द गरेको आरोप लगाएको छ यस सम्बन्धमा विद्यालयको अह्वाहनमा वुधबार सांझा बसेको विद्यालय प्रशासन, शिक्षक प्रतिनिधि, इस्तु मकवानपुर र समस्या समाधान तथा संवाद जिल्ला समिति पदाधिकारी समिल्लित बैठकले ठोस निर्णय निकाल्न नसकेको समस्या समाधान समितिक संयोजक एसके निधनले जानकारी दिए। विद्यालयको अधिकारी चाप र हस्तक्षरबिना अनधिकृतढंगले अभिभावकलै पत्र पठाएर पेशागत हकहितमा लडेको शिक्षकहरुले न्यायिक मागलाई ओझलमा पर्न विद्यालयले ब्रम्पुर्ना कार्य गरको आरोप इस्तु मकवानपुर अध्यक्ष सुदिप बर्तोलाले लगाए। विद्यालयमा १ देखि १० कक्षासम्म १ हजार २ सय ५० विद्यार्थी र ५० जना शिक्षयनतर्फका कर्मचारी रहेको बताएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Strike/Bandh
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Private company
Actor 1 - Youth na
Actor 2 - Number of people 15
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Local Newspaper - Makwanpur

0 Comments