Incident Reports

सोलुका गाविस सचिवद्वारा कामकाज ठप्प

2016-09-20

सरकारले प्रोत्साहन भत्ताको माग पुरा नगरेको भन्दै सोलुखुम्बुका गाबिस सचिवहरुले जिल्ला विकास समितिलाई सामुहिक रुपमा छाप बुझाएका छन्। सोलुखुम्बुका ३० वटै गाबिस सचिवहरुले निमित्त स्थानीय विकास अधिकारी बुद्धिनारायण श्रेष्ठलाई गाबिसका छाप बुझाएका हुन्। काम ठप्प परेका सचिवहरुले मासिक तलबको ५० प्रतिशत प्रोत्साहन भत्ता माग गर्दै आएका छन्। देशैभरिका सचिवहरुले कार्य सम्पादन मुल्यांकनका आधारमा प्रोत्साहन भत्ता पाएपनि आफूहरुले नपाएको सोलुखुम्बुका गाबिस सचिवहरुको भनाइ छ। गाबिस सचिवहरुको आन्दोलनका कारण हिमाली जिलला सोलुखुम्बुका सर्बसाधारणले सास्ती पाएका छन्। प्रोत्साहन भत्ता तीन दिनभित्र सचिवहरुको खातामा नआए जिल्ला विकास समितिमा तालाबन्धि गर्ने उनीहरुले चेतावनी दिएका छन्। गाबिस हकहित संरक्षण केन्द्रका अध्यक्ष पशुपति पोखरेलले राज्यले दिने भत्ताबारेमा पटक-पटक गाबिसको ध्यानाकर्षण गराए पनि बेवास्ता गरिएकाले काम नै ठप्प परेर आन्दोलनमा उत्रिनु परेको बताए। सचिवहरुको छाप र बिज्ञप्ति बुझ्दै निमित्त स्थानीय विकास अधिकारी बुद्धि नारायण श्रेष्ठले निरन्तर वर्षा भइरहेकोले बाढी पहिरोको जोखिम रहेकाबेला आन्दोलन नगर्न आग्रह गरेका थिए। तर गाबिस हकहित संरक्षण केन्द्रका अध्यक्ष पशुपति पोख्रेलले आन्दोलन बाध्यताको उपाज भएको बताए। स्थानीय विकास अधिकारी महेश पराजुलीले सचिभारुको मागको बेवास्ता गर्दै कामको अवमूल्यन गरेको गाबिस सचिवहरुको आरोप छ। तीनदिने अल्टिमेटम सहित ध्यानाकर्षण पत्र बुझाएको भोलिपल्टै (सोमबार) स्थानीय विकास अधिकारी पराजुलीले जिल्ला छाडेको गाबिस सचिवहरु बताउछन।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Other state institutions
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown
National/Online Media

0 Comments