Incident Reports

कटुवा पेस्तोलसहित युवक पक्राउ

2016-10-02

Sudurpashchim, Kailali, Dhangadhi

धनगढी उपमहानगरपालिका–१३ मा एक व्यक्तिलाई कटुवा पेस्तोल र गोलीसहित पक्राउ गरिएको छ। स्थानीय २४ वर्षीय प्रेम भट्टलाई कटुवा पेस्तोल र आठ राउन्ड गोलीसहित दुई दिनअघि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले आज सार्वजनिक जनाएको छ। भट्टसँग हातहतियार रहेको भन्ने सूचनाका आधारमा गरिएको खोजतलासका क्रममा निजको खेतको आलीबाट उक्त हातहतियार बरामद गरेको जनाइएको छ। निजलाई हिरासतमा राखी आवश्यक कारबाही भइरहेको जनाइएको छ। रासस
Local Newspaper - Kailali , Local Newspaper - Kanchanpur

0 Comments