Incident Reports

आन्दोलन गरेको आरोपमा प्रहरीद्वारा कुटपिट गरेको आरोप

2016-10-03

Sudurpashchim, Kailali, Godawari

अत्तरिया नपा-१३ का ३२ वर्षीय लोकराज पाण्डेय, सोही नपा-४ का पदम ओझा र वडा नं ३ का बालकृष्ण ओझालाई वन हस्तान्तरणको विरोध गरेको आरोपमा प्रहरीले कुटपिट गरेको पीडितहरूले गुनासो गरेका छन् । जिल्ला वन कार्यालय, कैलालीले अत्तरिया नपा-१३ स्थित मस्जिद मदरसा इदगाह मुस्लिम सामुदायिक वन मुस्लिम समुदायलाई हस्तान्तरण गरेको विरोधमा आन्दोलन गरेको आरोपमा प्रहरीले आफूहरूलाई कुटपिट गरेको उनीहरूले गुनासो गरेका हुन् । असोज १७ गते धनगढी उमनपा-५ स्थित बजारमा रहेको जिल्ला वन कार्यलय, कैलालीमा ज्ञापनपत्र बुझाउन गएको अवस्थामा प्रहरीले गिरफ्तार गरी कुटपिट गरेको पीडित लोकराज पाण्डेयले आरोप लगाए । जिल्ला प्रहरी कार्यलय, कैलालीका एसपी राजेन्द्र विष्टले आन्दोलनका कारण यातायात सञ्चालनमा अवरोध हुन पुगेको र सोही अवरोध खुलाउने क्रममा तीन जना आन्दोलनकारीलाई दुई घण्टा नियन्त्रणमा लिएर छोडेको बताए । उनले भने-‘नियन्त्रणमा लिने क्रममा धकेलाधकेल हुँदा केही आन्दोलनकारी घाइते भए । हामीले नियन्त्रणमा लिएर कुटपिट गरेका छैनौं ।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violence during arrest/detention
Weapons None
Primary Cause Access/control of other natural resources (forest, minerals)
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC , Local Newspaper - Kailali

0 Comments