Incident Reports

कालोबजारी गर्ने पक्राउ

2016-09-06

Province 1, Sankhuwasabha, Khandbari, Ward 9

संखुवासभा प्रहरीले पेट्रोलियम पदार्थको कृतिम अभाव सिर्जना गरी कालोबजारी गर्ने एक पेट्रोल पम्प संचालकलाई पक्राउ गरी कारबाही सुरु गरेको छ। संखुवासभाको खाँदबारी नगरपालिका-१२ ढुंगे बिसौनीस्थित यशोदा पेट्रोल पम्पका संचालक सोहि नगरपालिका-१२ का उत्तम कुमार कटुवाललाई प्रहरीले पक्राउ गरी कालोबजारी तथा केहि अन्य सामाजिक अपराध तथा सजाय ऐन २०६२ कारबाही थालेको हो। कटुवालले जिल्लामा १०२ रुपैंया ६५ पैसा पर्ने पेट्रोलको कृतिम अभाव सिर्जना गरि ११० रुपैंया प्रति लिटर बिक्रि वितरण गरेको अवस्थामा सोमबार पक्राउ गरेको थियो। प्रहरीले कटुवालको पम्प्बता प्लास्टिकको ३ वटा ड्रम र एउटा जर्किनमा लुकाई राखेको अवस्थामा ४६१ लिटर पेट्रोल समेत बरामद गरेको छ। पम्प संचालक कटुवाललाई मंगलबारै जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments