Incident Reports

घुससहित नापी कार्यालयका प्रमुख र अधिकृत पक्राउ

2016-10-05

Bagmati, Kathmandu, Kathmandu

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, चावहिलका कार्यालय प्रमुख, प्रमुख नापी अधिकृत (उपसचिव) हजारी यादव र सर्वेयर जितेन्द्र पण्डितलाई घुससहित बुधबार पक्राउ गरेको छ । जग्गा हाल साविक गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु दुई लाख घुस रकम लिएको अवस्थामा निजकै कार्यकक्षबाट घुस रकमसहित आयोगले नियन्त्रणमा लिएको आयोगले जनाएको छ । यसैगरी मालपोत कार्यालय सिराहाका कार्यालय प्रमुख ज्ञानराज लम्साललाई रु ४० हजार घुससहित बुधबारनै नियन्त्रणमा लिइएको छ । कार्यालय प्रमुख लम्सालले नक्सा सुधार गरी क्षेत्रफल कायम गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग रु ४० हजार घुस लिँदै गर्दा कार्यकक्षबाटै आयोग टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।

0 Comments