Incident Reports

चितवनका यातायात व्यवसायीद्वारा सिन्डिकेट लाद्ने प्रयास, बस तोडफोड

2016-10-06

Bagmati, Chitawan, Bharatpur

स्थानीय प्रशासनलाई चुनौती दिँदै चितवनका यातायात व्यवसायीले आलोपालो प्रणाली (सिन्डिकेट) लाद्ने प्रयास गरेका छन् । मोटरसाइकलमा आएका सिन्डिकेट पक्षधर व्यवसायीले भरतपुरबाट माडीका लागि यात्रु बोकेर जाँदै गरेको ना ६ ख ९२८६ नं को बसमाथि पश्चिम चितवनको गीतानगरमा ढुङ्गा प्रहार गरी तोडफोड गरेका छन् । तीन वटा मोटरसाइकलमा आएका उनीहरुले बसलाई रोकेर तोडफोड गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तीन वटा मोटरसाइकलमध्ये एउटाको पहिचान भएको र खोजी भइरहेको चितवनका प्रहरी प्रवक्ता दीपक श्रेष्ठले बताए । यसअघि माडी क्षेत्रमा जुनतारा यातायात प्रालिले सेवा दिँदै आएको थियो । चाडपर्वका समयमा माडीवासीलाई भरतपुर आवतजावत गर्न सहज होस् भनेर माडी यातायात प्रालिले १२ वटा नयाँ बस सञ्चालनमा ल्याएको हो । उक्त बस सेवाको आजै चितवनका प्रजिअ विनोदप्रकाश सिंहले भरतपुरस्थित केन्द्रीय बस टर्मिनलबाट शुभारम्भ गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Private company
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments