Incident Reports

Vehicle going to Birta Deurali of Kavre was vandalized at Koteshwor

2016-10-07

Bagmati, Kathmandu, Kathmandu

Two unidentified people vandalized the vehicle carrying the passengers of Koshipari, Kavre with helmet and ran away. The vehicle of plate number Na 1 Ja 6290 was vandalized while parked near the Bhatbhateni, Koteshwor at 1 pm. Sunkoshi East Transportation Pvt. Ltd started to run 13 vehicle for Birta Deurali, Kavre at Arniko Highway only before 3 days. One official of Sunkoshi East Transportation Committee said that Arniko Transportation Committee threatened them after operating vehicle at highway and assumed that they might have mobilized people to vandalize the vehicle. दशैंका यात्रुहरु घर लैजान तयारी गरिरहेको अवस्थामा कोटेश्वरमा शुक्रबार दिउँसो एउटा गाडीमाथि अज्ञात व्यक्तिले तोडफोड गरेका छन् । तीन दिन अघिमात्रै काभ्रेको कोशीपारीका यात्रुहरु बोक्न थालेको ना १ ज ६२९० नम्बरको गाडीमासथ कोटेश्वरको भाटभटेनी नजिकै रोकी राखेको अवस्थामा तोडफोड भएको हो । दुई व्यक्तिले तोडफोड गरेर भागेको गाडीका चालक सुवर्ण लामाले अनलाइनखबरलाई बताए । हेलमेट बोकेर आएका दुई व्यक्तिले अगाडि र पछाडिको सिसा फुटाएर भागेको उनले बताए । तोडफोडको घटना दिउँसो १ बजे भएको हो जतिबेला घटनास्थल छेउछाउ ट्राफिक प्रहरीहरु तैनाथ थिए । तोडफोड गर्नेहरुलाई प्रहरीले खोजी गरिरहेको भए पनि फेला पारेको छैन । सुनकोशी पूर्व यातायात प्रालिले काभ्रेको बिर्ता देउरालीका लागि तीन दिन अघिमात्रै अरनिको राजमार्गमा १३ वटा गाडी चलाउन थालेको छ । राजमार्गमा गाडी सञ्चालन गरेपछि अरनिको यातायात समितिले धम्क्याएको र यो आक्रमण पनि उनीहरुबाटै परिचालत व्यक्तिले गरेको हुन सक्ने सुनकोशी पूर्व यातायात समितिका एक पदाधिकारीले अनलाइनखबरसँग बताए । नयाँ गाडीका एक चालकले अनलाइनखबरसँग भने- ‘समितिका मानिसहरुले बाटोमा हामीलाई घुरेर हेर्ने, हाम्रो गाडीलाई साइड नदिने र अनेक प्रकारले दुख दिने गरिरहेका छन् । आज त अकस्मात गाडी नै फोडियो ।’ कोशीपारीको बिर्तादेउरालीसम्म आफूहरुले टाटासुमो चलाउन थालेपछि पुरानो सिन्डिकेट चलाइरहेका मानिसहरुले दुःख दिएको सुनकोशी पूर्वयातायात प्रालिको गुनासो छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments