Incident Reports

काभ्रेको बिर्ता देउराली जाने गाडी कोटेश्वरमा तोडफोड

2016-10-07

Bagmati, Kathmandu, Kathmandu

दशैंका यात्रुहरु घर लैजान तयारी गरिरहेको अवस्थामा कोटेश्वरमा शुक्रबार दिउँसो एउटा गाडीमाथि अज्ञात व्यक्तिले तोडफोड गरेका छन् । तीन दिन अघिमात्रै काभ्रेको कोशीपारीका यात्रुहरु बोक्न थालेको ना १ ज ६२९० नम्बरको गाडीमासथ कोटेश्वरको भाटभटेनी नजिकै रोकी राखेको अवस्थामा तोडफोड भएको हो । दुई व्यक्तिले तोडफोड गरेर भागेको गाडीका चालक सुवर्ण लामाले अनलाइनखबरलाई बताए । हेलमेट बोकेर आएका दुई व्यक्तिले अगाडि र पछाडिको सिसा फुटाएर भागेको उनले बताए । तोडफोडको घटना दिउँसो १ बजे भएको हो जतिबेला घटनास्थल छेउछाउ ट्राफिक प्रहरीहरु तैनाथ थिए । तोडफोड गर्नेहरुलाई प्रहरीले खोजी गरिरहेको भए पनि फेला पारेको छैन । सुनकोशी पूर्व यातायात प्रालिले काभ्रेको बिर्ता देउरालीका लागि तीन दिन अघिमात्रै अरनिको राजमार्गमा १३ वटा गाडी चलाउन थालेको छ । राजमार्गमा गाडी सञ्चालन गरेपछि अरनिको यातायात समितिले धम्क्याएको र यो आक्रमण पनि उनीहरुबाटै परिचालत व्यक्तिले गरेको हुन सक्ने सुनकोशी पूर्व यातायात समितिका एक पदाधिकारीले अनलाइनखबरसँग बताए । नयाँ गाडीका एक चालकले अनलाइनखबरसँग भने- ‘समितिका मानिसहरुले बाटोमा हामीलाई घुरेर हेर्ने, हाम्रो गाडीलाई साइड नदिने र अनेक प्रकारले दुख दिने गरिरहेका छन् । आज त अकस्मात गाडी नै फोडियो ।’ कोशीपारीको बिर्तादेउरालीसम्म आफूहरुले टाटासुमो चलाउन थालेपछि पुरानो सिन्डिकेट चलाइरहेका मानिसहरुले दुःख दिएको सुनकोशी पूर्वयातायात प्रालिको गुनासो छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments