Incident Reports

यातायात समिति विवादले तनाव

2016-10-16

यातायात व्यवसायीबिच भएको विवादका कारण महाकाली यातायात, पवनदुत यातायात तथा महाकाली टेम्पो तथा ट्याक्सी समितिले आह्वान गरेको यातायात बन्दका कारण तीन दिनदेखि सार्वजनिक यातायात बन्द भएका कारण यात्रुहरू अलपत्र परेका छन् । नमस्ते शुक्लाफाँटा यातायात प्रालिले सेवा सञ्चालन गरेपछि महाकाली, पवनदूत र महाकाली टेम्पु यातायात व्यवसायी समिति र शुक्लाफाँटा यातायात प्रालिबिच विवाद भएको थियो । यातायात व्यवसायीबिच विवाद भएपछि तीन दिनदेखि महेन्द्रनगरबाट सञ्चालन हुने महाकाली यातायात, पवनदुत यातायात तथा महाकाली टेम्पो तथा ट्याक्सी समितिले सार्वजनिक यातायातहरूलाई अनिश्चितकालका लागि बन्द आह्वान गरेका छन् । सार्वजनिक यातायात सेवा ठप्प भएपछि भारतबाट पुर्वी नेपाल तथा पहाडी जिल्ला जान आएका हजारौँ यात्रुहरू महेन्द्रनगर बसपार्कमा अलपत्र परेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Road block
Secondary Form Strike/Bandh
Weapons None
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Kanchanpur

0 Comments