Incident Reports

महिलाको मुत्युपछि प्रहरी कार्यालय घेराउ

2016-10-18

Lumbini, Kapilbastu, Banganga, Ward 1

गत २८ असोजमा वाणगंगा नगरपालिका–१४ घर भएकी ४५ वर्षीया खिमकला बेल्वासेको मृत्यु रहस्यमयी भएको भन्दै दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयवासीले इलाका प्रहरी कार्यालय घेराउ गरेका छन् । तर, इलाका प्रहरी कार्यालय पिपराले घेराउ गर्न पुगेका पीडित परिवार तथा स्थानीयवासीको कुरा नै नसुनी लाठीचार्ज गरेको छ । सयौँको संख्यामा गएका स्थानीयवासीले खिमकला बेल्वासेको मृत्यु नभई हत्या भएको दाबी गरेका छन् । उनीहरूले हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गरेका छन् । प्रहरीले घटना भएको पाँच दिनसम्म अनुसन्धान नगरेपछि स्थानीयले इलाका प्रहरी कार्यालय पिपरा घेराउ गरेका हुन् । मंगलबार १ बजे पुगेका स्थानीयले घटनाका दोषीलाई सार्वजनिक गरी कारबाही गर्न माग गरेका छन् । आमाको हत्यारालाई कारबाही गर्न किटानी जाहेरी दिँदासमेत प्र्रहरीले बेवास्ता गरेपछि पीडित परिवारले पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेका थिए । छोरीहरूले आक्रोशित हुँदै आमाका हत्यारालाई कारबाही गर्नुपर्ने माग राखेपछि प्रहरीले अनुसन्धानका लागि भन्दै सोमबार बिहान वाणगंगा नपा–१४ का गिरिराज पौडेललाई गिरफ्तार गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Violence during arrest/detention
Secondary Form Demonstration
Weapons Blunt weapon
Primary Cause Other governance issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation Protesters/demonstrators Other state institutions
Actor 2 - Youth unknown
National/Online Media

0 Comments