Incident Reports

ताप्लेजुङमा दुई थान भरुवा बन्दुकसहित एक पक्राउ

2016-10-21

Province 1, Taplejung, Phaktanglung, Ward 1

दुई थान भरुवा बन्दुकसहित ताप्लेजुङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ताप्लेजुङ चागे २ तिलबारीका ४३ वर्षीय दुर्गा विश्वकर्मालाई दुई थान भरुवा बन्दुकसहित बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ । विश्वकर्मालाई जिल्लाकै सावादिन ६ स्थित खड्गबहादुर खड्काको आरनबाट २ थान भरुवा बन्दुक, बन्दुकमा लाग्ने बट २ थान, फलामको नाल २ थान, औजार १ थानसहित पक्राउ गरेको ताप्लेजुङका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले बताए । भरुवा बन्दुकसहित पक्राउ परेका सापकोटालाई लिङ्खिम गाविसमा रहेको प्रहरी चौकी सिवामा ल्याइ थप अनुसन्धान भइरहेको प्रहरील बताएको छ ।
National/Online Media , Local Newspaper - Morang

0 Comments