Student unions aligned to various political parties staged a demonstration in Nepalgunj on Sunday, demanding the impeachment motion registered against Commission for the Investiation of Abuse of Authority Chief Lok Man Singh Karki be passed.
The students staged the demonstration at BP Chowk of Nepalgunj. Addressing the demonstration, representatives of ANNFSU chair man Mohit Shah, demanded that CIAA Chief Karki be removed from his post to ensure rule of law in the country.
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग प्रस्ताव पारित गरेर हटाउन माग गर्दै नेपालगन्जमा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन्।
नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल (क्रान्तिकारी) लगायतका विद्यार्थी संगठनले प्रमुख आयुक्त कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव गेर हटाउन दबाब स्वरुप विरोध प्रदर्शन गरेका हुन्।
उनीहरुले आइतबार दिउँसो नेपालगञ्जको गणेशमान चोकबाट विपी चोकसम्म विरोध र्याली निकालेका थिए। विपी चोकमा भएको कोण सभालाई सम्बोधन गर्दै अनेरास्ववियु बाँकेका अध्यक्ष मोहित शाहले कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव पारित गरेर तत्काल नहटाएमा कडा आन्दोलन गर्ने चेतावनी दिए।
अखिल क्रान्तिकारीका प्रदेश नम्बर ६ का इन्चार्ज धर्म न्यौपाने, नेविसंघका चक्र रावत लगायतले कार्कीविरुद्ध दर्ता गरिएको महाअभियोग प्रस्ताव पारित गर्न ढिलाई नगर्न राजनीतिक दललाई आग्रह गरेका थिए।